आरएन पटेल । रौतहट । माघ १० गते
राैतहट जिल्लाकाे जयनगरमा निर्माणाधीन मेडिकल कलेजमा गजेन्द्र नारायण सिंहकाे १९ औं स्मृति दिवस मनाइएको छ । गजेन्द्र नारायण सिंह प्रतिष्ठानकाे आयोजनामा कार्यक्रम आयाेजन गरिएको थियो ।

सखुअवा र जयनगरकाे बिचमा निर्माणाधीन मेडिकल कलेजमा आज माघ १० गते शनिबार गजेन्द्र स्मृति स्थल राैतहटमा कार्यक्रम आयाेजन गरिएको थियाे । मधेश आन्दोलनका प्रणेता एवम् अथक याेद्वा स्वर्गीय गजेन्द्र नारायण सिंहकाे १९ औं स्मृति दिवसकाे अध्यक्षता जसपा नेता लिला साहले गर्नु भएको थियोे । कार्यक्रमका प्रमुख अतिथिकाे रूपमा पूर्व सभामुख दमननाथ ढुंगाना रहनु भएको थियाे भने विशिष्ट अतिथिकाे रूपमा पूर्व मन्त्री अनिल झा रहनु भएको थियाे । कार्यक्रममा स्वागत मन्तव्य जसपा नेता शेष जमसैदले राख्नु भएको थियाे । कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा सम्पूर्ण अतिथि नेताहरूले गजेन्द्रनारायण सिंहकाे तस्बिरमा फूलमाला चढाइ श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरू लाई मधेशकाे सान गमछा ओढाएर सम्मान पनि गरिएको थियो । स्मृति दिवस कार्यक्रमकाे अवसरमा ज्ञात अज्ञात सहिदहरू प्रति एक मिनट माैन धारण गरिएको थियोे ।

स्मृति दिवसकाे अवसरमा राैतहट पूर्व मन्त्री एवम् क्षेत्र नम्बर १ का विघटित सांसद अनिल कुमार झा , उधाेग वन तथा पर्यटन मन्त्री रामनरेश यादव , राज्यमन्त्री डाक्टर डिम्पल झा , प्रदेश सांसद द्वय शेष फुलबाबु , बाबुलाल साह , बरिस्ठ पत्रकार द्वय किशोर नेपाल , चन्द्रकिशाेर झा , गरूडा नगर प्रमुख इन्नु राय यादव , गाैर नगर उपप्रमुख किरण ठाकुर , भारतीय महावाणिज्य दूतावास विरगंजका प्रतिनिधि राजनीतिक सचिव शैलेन्द्र कुमार ,जसपा नेता रेवन्त झा , अनिल सिंह , खेना राय यादव , धिरज पटेल सहित जसपाका सयौं नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियो ।

कार्यक्रममा बाेल्दै अधिकांश वक्ताहरूले गजेन्द्र नारायण सिंहले गरेको याेगदानलाइ चर्चा गर्दै उनले देखाएको बाटाेमा हिड्न जाेड दिएका थिए । मधेसीकाे पहिचान लाई स्थापित गर्न स्वर्गीय सिंहले पुर्याएकाे याेगदानलाई स्मरण गरेका थिए । वक्ताहरूले गजेन्द्रनारायण सिंहकाे नै देन हाे कि आज हामीले संघियता प्राप्त गरेका छाैं । सिंहले नै संघियताकाे मुद्दा उठाएको स्मरण समेत गराएका थिए । वहाँकाे सपना अझै अधुरो रहेको भन्दै दुःख समेत व्यक्त गरेका थिए । अधिकांश समय वक्ताहरूले गजेन्द्रनारायण सिंहकाे याेगदानलाई कार्यक्रमलाई संचालन विकास झाले गर्नु भएको थियो ।
Sthaniya News
