Breaking News
बौधीमाईको ईनर्वामा काँग्रेसको वडा स्तरीय विरोध प्रदर्शन सम्पन्न

बौधीमाईको ईनर्वामा काँग्रेसको वडा स्तरीय विरोध प्रदर्शन सम्पन्न

आरएन पटेल। रौतहट । माघ ०९ गते
बौधीमाई नगरपालिकाको ईनर्वामा नेपाली कांग्रेसको वड़ा स्तरीय विरोध प्रदर्शन सम्पन्न भएको छ । बौधीमाई नगरपालिकाको वडा नंबर २ मा प्रधानमंत्री केपी शर्मा ओलीले चालेको असंबैधानिक र अलोकतांत्रिक कदम संसद बिघटनको विरुद्ध प्रदर्शन भएको छ । नेपाली कांग्रेसका नेता धर्मेन्द्र प्रसाद पटेलको अध्यक्षतामा विरोध प्रदर्शन गरेको थियो । नेता धर्मेन्द्र प्रसाद पटेलको अगुवाईमा निस्केको बिरोध रैली वार्ड परिक्रमा गरी कोण सभामा परिणत भएको थियो । विरोध प्रदर्शनको अवसरमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु सहित सैकड़यौ स्थानीयहरुको सहभागिता रहेको थियो । कोण सभामा बोल्दै नेपाली कांग्रेसका नेताहरुले प्रधानमंत्रीको कदमको घोर विरोध गरेका थिए ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*