Breaking News
मानव सेवा केन्द्र गौरद्वारा बहिरा बृद्ध महिलाको उद्धार

मानव सेवा केन्द्र गौरद्वारा बहिरा बृद्ध महिलाको उद्धार

रौतहट । माघ १६ गते
रौतहटको गौरमा रहेको मानव सेवा केन्द्र द्वारा बहिरा बृद्ध महिलाको उद्धार गरिएको छ ।
जिल्लाको सदरमुकाम गौर स्थित कबीर चौकबाट चौकबाट अन्दाजी ५० । ५५ वर्षिय बोल्न नसक्ने मात्र इशारामा कुरा गर्ने महिलाको उद्धार गरिएको छ । दुइ दिन देखि अलपत्र अवस्थामा रहेको उक्त वृद्ध महिलालाइ स्थानिय डाक्टर रिजवानले जिल्ला प्रहरी कार्यलय रौतहटमा खबर गरेपछि उक्त महिलालाइ मानव सेवा केन्द्र बाट गएकी सेवा केन्द्रकी अध्यक्ष तथा गौर नपाकि उपमेयर किरण ठाकुर, सेवा केन्द्र अन्तर्गत गठन सशक्त महिला सेवा समितीकी संयोजक निलम झा , युवा शाखा संयोजक आरएन साह , पत्रकार धर्मेन्द्र साह लगायत स्थानिय समाजसेवी बुद्धिजिवीहरुको सहयोग बाट उक्त महिलालाइ उद्धार गरि मानव सेवा केन्द्र गौरमा राखिएको छ । सेवा नै धर्म हो भन्ने अभिप्रायले स्थापना गरिएको उक्त सेवा केन्द्रमा अहिले वृद्ध महिला एक जना , दुइ जना किशोरी रहेकी छिन् ।
सेवा केन्द्र की अध्यक्ष किरण ठाकुर आफु जुन अवस्थामा रहे पनी मानवको सेवमा हरदम लागी पर्ने बताएकी छिन् । उनले अहिले सेवा केन्द्रमा वृद्ध महिला थपिए सँगै केन्द्रमा बस्नेको संख्या तिन जना पुगेको र वहाँहरुको हक अधिकार , वकबालत तथा पैरवी पुर्नस्थापनाको लागी सेवा केन्द्र आन्तर्गत गठित समितीको पदिाधिकारीहरुले कार्य गरिरहेको बताएकि छिन् ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*