आरएन पटेल । रौतहट । माघ २१ गते
रौतहटको गरुडा नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय गरुडाले चोरी गरेको मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ ।
गरुडा नगरपालिकाको वडा नं ५ झाँझपुलमा बुधबार बिहान ९ बजेको समयमा प्रहरी टोली द्वारा चेकजाच गर्ने क्रममा बा। प्र। ०३ ( ००२ प ६५८८ नम्बरको रातो रंगको पल्सर एन एस २०० सी सी को मोटरसाइकल सहित दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेहरुमा जिल्ला बारा कोल्हबी नगरपालिका ( ७ धोंधरपा टोल बस्ने २१ वर्षीय सागर चौधरी र त्यही नगरपालिका वडा नं १० प्रसौनी टोल बस्ने २० वर्षीय देव् प्रकाश चौधरी रहेका छन । अभियुक्त दुबै जना आज बिहान ५ बजेको समयमा हेथौड़ा देखी बाराको कोहल्बी नपा १० प्रसौनी बस्ने भुट्टा भन्ने प्रदेशी चौधरीले मोटरसाइकल चोरी गरी यी दुई जनालाई बिक्री गर्ने उद्देश्यले दिएको आरोपीहरुले बताएका छन ।
हेथौडा उप महानगरपालिका ४ अजर अमर रोड बस्ने महमद ओली उल्लाहको आफ्नै डेरा कोठा बाहिर पार्किंग गरि राखिएको अवस्थामा माघ १८ गते करिब साढ़े ९ बजेको समयमा मोटसाइकल चोरी भएको थियो । चोरहरुले एक हप्ता अगाडि पल्सर मोटसाइकल चोरी गरेको थियो । दिनदिनै बढ्दै गएको बाइक चोरीमा चोरहरुको ठुलो गिरोहको संलग्नता हुन सक्ने प्रहरीको अनुमान रहेको छ।चोरी गरेको बाइक बिशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको ई प्र का गरुडाका निमित कार्यालय प्रमुख प्रहरी निरीक्षक राम राजा केसरीले जानकारी दिनु भयो ।
Sthaniya News
