Breaking News
कटहरियामा नेकपा माधव प्रचण्ड समुहको मसाल जुलूस प्रदर्शन

कटहरियामा नेकपा माधव प्रचण्ड समुहको मसाल जुलूस प्रदर्शन

रौतहट । माघ २१ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा नेकपा माधव प्रचण्ड समुहको मसाल जुलूस प्रदर्शन गरिएको छ। नगर स्तरीय संघर्ष समितिका संयोजक नसरूदीन अन्सारीको नेतृत्वमा मसाल जुलूस निकालिएको थियो ।


केन्द्रीय सर्कुलर अनुसार हरेक पालिकामा मसाल जुलूस निकाल्ने निर्णय अनुसार बुधबार बेलुका मसाल जुलूस निकालिएको हो । जुलुसको क्रममा केपी ओली मुर्दाबाद । केपी तेरो पाराले दुःख पायो साराले सहित का नारा लगाएका थिए ।

प्रधानमंत्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदमको बिरुद्ध मसाल जुलूस निकालिएको हो । यास अवसरमा नेता भूपेन्द्र कुशवाहा, युवा नेता अंकित कुशवाहा, राजदेव सहनी, बाबूलाल राय यादव,सुरेन्द्र साह,बिजय साह सोनार, मुकेश कुशवाहा,बिरेन्द्र राय यादव,जयमंगल यादव सहित दर्जनौ नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*