Breaking News
गुजरा नपाको केवल रामसुरत क्याम्पसको जग्गादाता किशोरी चौधरीलाई श्रद्धाञ्जली अर्पण

गुजरा नपाको केवल रामसुरत क्याम्पसको जग्गादाता किशोरी चौधरीलाई श्रद्धाञ्जली अर्पण

आरएन पटेल । रौतहट । माघ २२ गते 

रौतहटको गुजरा नगरपालिका अन्तर्गतको केवल रामसुरत क्याम्पसको जग्गा दाता किशोरी चौधरी लाई एक कार्यक्रमका बिच श्रदान्जली दिएको छ।

गुजरा नगरपालिका सिमरा भवानी ९ स्थित केवल राम सुरत क्याम्पसको प्रङ्ग्नामा बिहीवार एक कार्यक्रमका बीच क्याम्पसका जग्गा दाता किशोरी चौधरीको स्वर्गारोहण को १३ औं पुण्य तिथिका अवसरमा श्रदान्जली दिएको छ ।

चौधरीको जन्म वि. स २००१/१०/१६ गते का दिन भएको थियो । उनी S.L.C. को परीक्षामा नेपाल बोर्ड टोप गरेका थिए । त्यस्तै उनी करिब एक दशक जनकपुर चुरोट कारखानाको एम. डि भएर एक उच्च स्तरमा काम गरेका थिए ।

निजको स्वर्गारोहण यही माघ १० गते भएकोले उनको १३ औं पुण्य तिथिका अवसरमा गुजरा नगरपालिकाको सम्पूर्ण नागरिकहरु शोक व्यक्त गरेका छन् । क्यम्पसको प्राङ्गणमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाधयापक रामेश्वर चौधरीले किशोरी चौधरी असल र नम्र स्वभाव भएको असल व्यक्ति रहेको बताउनु भयो ।

कार्यक्रममा सम्पूर्ण सहभागिहरुले वहाको आत्माको चिर शान्तिको लागि एक मिनेटको मौन धारण गरेका थिए । कार्यक्रम संचालन दिपेन्द्र कुवरले गरेका थिए भने अध्यक्षता समाजसेवी तथा बुद्धिजीवी अमृत खा थारुले गर्नु भएको थियो । कार्यक्रमको बिशिष्ट अतिथि शिक्षाप्रेमी योगेन्द्र प्रसाद यादव तथा अतिथिहरु मेची महाकाली बुहारी संयुक्त आवाजकी जिल्ला संयोजक रत्ना चौधरी, गुजरा नपाका निमित प्रमुख प्रशासकिय अधिकृत नन्देश्वर चौधरी, निबृत शिक्षक समाजका दुर्गा प्रसाद दाहाल, जुद्ध.मा. वि.का प्र. अ.चन्देश्वर राउत, उपेन्द्र मिश्रा लगायत दर्जनौ आम सर्व साधारणको सहभगिता रहेको थियो । सबै जनाले वहाँको फोटोमा माला आर्पन गर्दै श्रद्धाञ्जली दिदै वहाँको आत्मा बैकुण्ठमा भगवानले बास देओस् भने कामना गरेका थिए ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*