Breaking News
वृन्दावन ८ आँकरपाथरमा बुधवार आयोजित पार्टी प्रवेश कार्यक्रम सम्पन्न

वृन्दावन ८ आँकरपाथरमा बुधवार आयोजित पार्टी प्रवेश कार्यक्रम सम्पन्न

आरएन पटेल। रौतहट । माघ २८ गते
रौतहटको वृन्दावन नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी दर्जनौं व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेकोछ।
जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ आँकरपाथरमा बुधवार आयोजित पार्टी प्रवेश कार्यक्रममा अन्य(अन्य पार्टी परित्याग गरि धेरै व्यक्ति नेपाली काग्रेसमा प्रवेश गरेका छन। पार्टी प्रवेश गर्नेहरुमा,भोला साह,राजिन्द्र ठाकुर, दसरथ राम,विरेन्द्र राम,रामएकवाल साह,सिकिन्द्र पटेल,धर्मराज ठाकुर ,दिपेन्द्र साह र राजपत राउत रहेकाछन।
नव प्रवेसित व्यक्तिहरुलाई नगर प्रमुख रामसनेही यादवले अबिर र फुलमाला लगाई स्वागत गरेकाछन।
कार्यक्रमको अध्यक्षता सोही वडाका वडा अध्यक्ष दिनानाथ महतोले गरेको थियो भने प्रमुख अथितिमा वृन्दावन नगरपालिकाका नगरप्रमुख रामसनेही यादव,बिशिस्ट अथितिमा रामअंज्ञा यादव,अथितिमा वडा सभापति राधेश्याम श्रीवास्तव,वडा सदस्य अच्छेलाल महतो,सुरेश ठाकुर,मावि बरगजवाका विधालय व्यवस्थापन समितिको अध्यक्ष सिकिन्द्र यादव र प्रेमलाल ठाकुर लगायत स्थानिय बासीहरुको पनि उपस्थिति रहेको थियो।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*