Breaking News
जसपाले सरकारको असंबैधानिक कदम विरुद्ध जिल्लाभरि मसाल जुलुस प्रदर्शन

जसपाले सरकारको असंबैधानिक कदम विरुद्ध जिल्लाभरि मसाल जुलुस प्रदर्शन

रौतहट । माघ । २८ गते
रौतहटमा जनता समाजवादी पार्टी नेपालका शिर्षनेता तथा कार्यकर्ताहरुले सरकारको असंबैधानिक कदम विरुद्ध सदरमुकाम गौर, मध्यभाग गरुडा र पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा मसाल जुलुस प्रदर्शन गरका छन् । प्रतिनिधि सभा विघटन तथा संवैधानिक आयोगमा गरिएको नियुक्तिको विरुद्धमा जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यालयले निर्धारण गरेको दोस्रो चरणको आन्दोलनको क्रममा पार्टीका कार्यकर्त्ताहरुले मसाल जलाएर विरोध प्रदर्शन गरेका हुन । पूर्व घोषित कार्यक्रमलाइ सफल बनाउन नदिने स्थानीय प्रहरी प्रसाशनको रणनीति योजनालाइ छल्दै जसपाका कार्यकर्त्ताहरुले जिल्लाको तिनटै प्रमुख बजारहरुमा मसाल प्रदर्शन गरका छन् । जिल्लाको मध्यभाग गरुडामा गरिएको मसाल जुलुसको नेतृत्व जसपा जिल्ला इन्चार्ज बृज किशोर प्रसाद यादवले गरेको कार्यक्रममा प्रदेश सांसद राम किसोर यादव, केन्द्रीय सदस्य कन्थमनी प्रसाद जयसवाल, लिला साह, देवाही गोनाही नगरपालिकाको मयेर धर्मेन्द्र पटेल लगायत पार्टीका नेताहरु शिवशंकर पाण्डे, गिता कुशवाहा, शोभा साह, अनिल यादव, राज कुमार दास, कौशला खाँ मिथिला सहित सयौ पार्टी कार्याकर्ताहरु उपस्थित रहेको थियो । गरुडामा मसला जुलुस प्रदर्शन पश्चत कोण सभामा परिणत भएको थियो । कोण सभामा प्रदेश सांसद यादवले देश अहिले जुन अवस्थाबाट गइरहेको छ त्यस्को जिम्मेवार प्रधानमन्त्री केपि ओली हुन । आफ्नो हठले सारा देश बासीलाई दुःख दिइरहेको हुनाले यस्तो अवस्था बढी दिन चल्न नसक्ने बताउनु भयो । छिटै नै देशमा नयाँ परिस्थीत जसपाको आन्दोलनबाट आउने बताउनु भयो । त्यस्तै जिल्ला इन्चार्ज यादवले गरुडा मधेश आन्दोलनको उर्वर भूमि रहेकोले ओली सरकारले खटाएको प्रहरीले धम्काए हामी पनि पछि नहटने बताउदै अहिलेको प्रतिगामी विरुद्धको आन्दोलनमा सबैले हातेमालो गरी एकजुट भई अगाडी बढी सरकारको असंबैधानीक कदम विरुध लाग्न आग्रह समेत गर्नु भयो । त्यस्तै जसपाका नेता कार्यकर्ताहरुले सदरमुकाम गौर र पूर्वपश्चिम राजमार्गको चन्द्रपुरमा समेत मसाल जुलुुुस प्रदर्शन गरका छन ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*