Breaking News
वृन्दावन ८ आँकडपाथरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि नोकर र जनता मालिक ः नगर प्रमुख यादव

वृन्दावन ८ आँकडपाथरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि नोकर र जनता मालिक ः नगर प्रमुख यादव

राजेश पासवान निर्माणी । रौतहट । माघ २८ गते
रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ८ आँकडपाथरमा आयोयोजित पार्टी प्रवेश कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै नगर प्रमुख रामसनेही यादवले जनप्रतिनिधि नोकर र जनता मालिकहो भन्ने कुरा बताएकाछन।यति मात्र न भई जनताले जनप्रतिनिधि लाई चुनेपछि मात्रै जन प्रतिनिधि भएकोले,जनताको सेवामा सधै समर्पित रहने जनप्रतिनिधिको दाईत्व रहेको र आफू पनि जनप्रतिनिधि भएको कारण,जनताको एउटा नोकरनै रहेको बताए।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै मेयर यादवले २०६४ को चुनावमा संबभन्दा बढी मत ल्याएर माओवादी जितेर पनि,संविधान बनाउन न सकेको र नेपाली जनतालाई अन्यौलमा पारेको थियो त्यसपछि २०७० सालमा चुनावभयो अनि नेपाली काँग्रेसको नेतृत्वमा संविधानको निर्माण भयो र २०७४ मा १९ वर्षदेखि प्रतिनिधि विहिन रहेको देशमा फेरि प्रतिनिधि बनाउने काम नेपाली काँग्रेसले नै गर्यो, तर दुई तिहाइ पायो कम्युनिस्टले र दुई तिहाइ पाएर पनि केही गर्न सकेन त्यसैलेदेशलाई अब कम्युनिस्ट को होईन काँग्रेसको आवस्यक्ता छ भन्दै अबको चुनावमा नेपाली काग्रेसलाईनै अगाडि बढाउन सम्पुर्णमा आग्रह समेत गरे।
उक्त कार्यक्रममा सभापतिको रुपमा वडा नं ८ का वडा अध्यक्ष दिनानाथ महतो रहेकोथियो भने प्रमुख अथितिमा वृन्दावन नगरपालिकाका नगरप्रमुख रामसनेही यादव,बिशिस्ट अथितिमा रामअंज्ञा यादव,अथितिमा वडा सभापति राधेश्याम श्रीवास्तव,वडा सदस्य अच्छेलाल महतो,सुरेश ठाकुर,मावि बरगजवाका विधालय व्यवस्थापन समितिको अध्यक्ष सिकिन्द्र यादव र प्रेमलाल ठाकुर लगायत स्थानिय बासीहरुको पनि उपस्थित रहेको थियो।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*