Breaking News
गौरमा अखिल नेपाल महिला संघद्वारा बृहत बिरोध कार्यक्रम सम्पन्न

गौरमा अखिल नेपाल महिला संघद्वारा बृहत बिरोध कार्यक्रम सम्पन्न

आरएन पटेल । रौतहट । फागुन ०९ गते
जिल्लाको सदरमुकाम गौरमा अखिल नेपाल महिला संघ द्वारा बृहत बिरोध कार्यक्रम सम्पन्न भएको छ । हजारौ महिला कार्यकर्ताहरूको सहभागितामा प्रतिगमन, महिला हत्या, हिंसा र बलात्कार बिरुद्ध आइतबार जिल्लाको हजारौ महिलाहरुद्वारा बृहत बिरोध प्रदर्शन रयाली भव्य रूपमा सम्पन्न भएको हो ।


“महिला हत्या,हिंसा र बलात्कार विरुद्ध सबै एक हौं ” नाराका साथ नेकपाको पार्टी कार्यालय देखि शुरू हुदै मुल भन्सार रोड लगायत जिल्ला प्रशासन कार्यालय गौरको परिक्रमा गरी बिपि चौकमा कोण सभामा परिणत भएका थिए।


नेकपाको केन्द्रीय सदस्य कल्याणी खडकाको नेतृत्व तथा अखिल नेपाल महिला संघ गौर रौतहटको आयोजनामा रयाली निकालिएको थियो।


बिरोध रैलीमा केन्द्रीय सदस्य यूवराज भटराई , पूर्व माननिय रामकुमार भटराई , संघर्ष समितिको संयोजक समाजसेवी युवा नेता नसरूदिन अंसारी , कटहरिया नगरपालिकाकि उप प्रमुख नुरजाहा खातुन लगायत जिल्लाभरिको महिला अगुवा कार्यकर्ताहरुको साथै हजारौ महिला कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*