Breaking News
गरुडा प्रहरीद्वारा चोरी पैठारीको समानहरु भन्सार कार्यालय बुझाइयो

गरुडा प्रहरीद्वारा चोरी पैठारीको समानहरु भन्सार कार्यालय बुझाइयो

आरएन पटेल । रौतहट । फागुन ०९ गते
रौतहट जिल्लाको मध्य भागमा अवस्थित गरुडामा प्रहरीद्वारा बरामद गरि चोरी पैठारीको समानहरु भन्सार बुझाईएको छ ।
यही फागुन ८ गते शनिबारका दिन बिहान करिब ५ बजेको समयमा गरुडा नगरपालिका वडा नं. ४ गरुडा मेथुर चौकमा सो सामग्रीहरु प्रहरीले बरामद गरेको थियो । चौक नजिकै सडकको पश्चिम किनारमा बोराहरुमा राखिएका भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको अन्दाजी छौ हजार चार सय बराबरको सुर्ती र सोही मितिमा साँझ करीब ५ बजेको समयमा यमुनामाई गाउपालिका वडा नं.१ सुकदेवचौकको सडक किनारमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको रेडिमेड लहंगा र मोटरसाईकलको पार्टसहरु गरी आन्दाजी ४३ हजार बराबरको समानहरु प्रहरीले बेवारीसे अवस्थामा फेला पारेका थिए । उक्त समानहरु स्थानिय मानिसहरुसंग सोधपुछ गर्दा कोही कसैले मेरो हो भनि दाबी गर्न नआएकोले बरामद भएका सामग्रीहरु आवश्यक कार्यवाहीको लागि गौर भन्सार कार्यालय पठाईएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*