Breaking News
नेकपा माधव प्रचण्ड समूहको चौथो चरणको आन्दोलन लागि कटहरियामा कार्यकर्ता भेला सम्पन्न

नेकपा माधव प्रचण्ड समूहको चौथो चरणको आन्दोलन लागि कटहरियामा कार्यकर्ता भेला सम्पन्न

आरएन पटेल । रौतहट । फागुन ११ गते
रौतहटको कटहरियामा नेकपा माधव प्रचण्ड समूहको क्षेत्रीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। जिल्लाको कटहरिया नगरपालिका वडा नं ५ मा नेकपा माधव प्रचण्ड समूहको चौथो चरणको आन्दोलन कार्यक्रमको लागि क्षेत्रीय अगुवा कार्यकर्ता बैठक भेला सम्पन्न भएको हो ।


यही फागुन महिनाको ११ गते मंगलवारका दिन चन्द्रपुरमा हुने बृहत जातीय ९मुस्लिम, थारू, जनजाति, दलित० भेष भुषा र पहिचान सहितको बिरोध प्रदर्शन कार्यक्रमको लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रम कटहरिया निवासी नेकपा माधव प्रचण्ड समूहका समाज सेवी युवा नेता नसरूदिन अन्सारीको अध्यक्षतमा भएको थियो । कार्यक्रममा अतिथिको रुपमा जिल्ला अध्यक्ष कमल राय यादव, प्रदेश सांसद नागेन्द्र राय यादव , प्रदेश सदस्य विनदेशवर यादव, जिल्ला सदस्य राधामोहन यादव, जिल्ला सदस्य राजदेव सहनी , युवा नेता अजित कुशवाहा , समसुदिन आलम, बुधाई खा, मोजामिल मिया, जवाहर मिया, गनेश साह, वडा अध्यक्ष जाहगिर अंसारी , दिपेन्द्र यादव , एकरा मुल हक, लगायत नेकपा माधव प्रचण्ड समूहका समाजसेवी, युवा, नेता, कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

About RNpatel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*