Breaking News
लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धी रौतहटमा पत्रकारहरूसँग अन्तरक्रिया सम्पन्न

लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धी रौतहटमा पत्रकारहरूसँग अन्तरक्रिया सम्पन्न

आरके श्रीवास्तव,
रौतहट । मंसिर १४ गते

राैतहटमा वैदेशिक रोजगारीका कारण हुने लैङ्गिक हिंसालाई न्युनिकरणका लागि पत्रकारहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम गरूडामा सम्पन्न भएको छ ।

सुरक्षित आप्रवासन कार्यक्रम (सामी)को आयोजनामा पत्रकारहरु सँग उक्त विषयमा अन्तरक्रिया भएको हो ।

वैदेशिक रोजगारीबाट विप्रेषणमात्रै नभई बिभिन्न प्रकृतीका सामाजिक समस्याहरु पनि भित्रिएको रौतहटमा सामी कार्यक्रम संयोजक अरबिन्द कुमार चौधरीले प्रकाश पार्नु भएको थियो

नेपाल सरकारको तथ्यांक अनुसार हालसम्म ८५ लाख नेपालीले श्रम स्विकृती लिएर वैदेशिक रोजगारका लागि गएका छन् । जसमध्य २७ प्रतिशत मधेश प्रदेशका जनता रहेको चौधरीले जानकारी दिनुभयो । वैदेशिक रोजगारमा जाने महिलाको संख्या पनि बढ्दै गएकोले विदेशको भुमिमा महिला भएकै कारण सहनुपर्ने हिंसा, घरपरिवारको तर्फबाट दिईने आर्थिक, मानसिक तनाव आदी वैदेशिक रोजगारका कारण श्रृजित लैङ्गिक हिंसा हुन् । यस्तै श्रीमान विदेशिदा श्रीमती वा घरका अन्य महिलामाथी परिवार तथा सामाजका बिभिन्न पक्षबाट हुने हिंसा न्युनिकरणका लागि पनि सामी कार्यक्रमले पहल गरीरहेको उहाको भनाई थियो । लैङ्गिक हिंसा न्युनिकरणको लागि सञ्चार क्षेत्रको भुमिका अझै बढि महत्वपूर्ण हुने चौधरीले बताउनुभयो ।

यसैबिच ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक रामराजा केशरीले लैङ्गिक हिंसाका सम्बन्धमा नेपालमा विद्यमान कानुन तथा यसमा हुने कारवाहि बारे जानकारी दिनुभयो । केशरीले समाजभित्र हुने लैङ्गिक हिंसालाई उदाहरण सहित पेश गर्दै यसका कारण र कारवाहिको प्रक्रियाबारे बताउनुभएको हो । अझै पनि ग्रामिण क्षेत्रमा लुकेर रहेका हिंसाका घटनालाई उजागर गरी अपराधिलाई कानुनको दायरामा ल्याउन सञ्चारकर्मीले समेत सहयोग गर्नुपर्ने केशरीको भनाई थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०७९ अन्तर्गत सामी कार्यक्रमले अन्तरक्रिया आयोजना गरेको हो ।

मधेश प्रदेशमा पनि वैदेशिक रोजगारमा जाने सबै भन्दा धेरै धनुषाका नागरीक रहेका छन् भने सबै भन्दा कम पर्सा जिल्लाका रहेका छन् । धेरैजना वैदेशिक रोजगारमा जाने कामदारहरुको संख्याको आधारमा रौतहट मधेश प्रदेशको छैठौ स्थान छ । वैदेशिक रोजगारमा जाने कामदारहरुले विदेशमा अधिकांश निर्माण, उत्पादन तथा होटल, रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने गरेका छन् ।

स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं, भन्ने नाराका साथ सञ्चालीत सुरक्षित आप्रवासन कार्यक्रम (सामी) ले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र शोषण रहित बनाउन काम गरीरहेको छ ।

नेपाल सरकार र स्विजरल्याण्ड सरकारबिचको द्धिपक्षिय सम्झौता बमोजिम जारी तेश्रो चरणको सुरक्षित आप्रवासन सामी कार्यक्रम रौतहटमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व स्थानिय सरकारको समन्वयमा सेवा प्रदायक संस्था माण्डवीद्धारा सञ्चालीत छ । यस जिल्लामा चार वटा स्थानिय तहमा सामी कार्यक्रम सञ्चालनमा रहेको माण्डवीकि प्रमुख अञ्जु झाले जानकारी दिनुभयो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*