राैतहट, मंसिर १५ गते ।
रौतहट जिल्लाका सवै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि प्रविधिक कर्मचारी सहितको टोली खटने भएका छन । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जिल्ला प्रशासन कार्यालयका सभाकक्षमा गरेको अन्तरकृया गाेष्ठीमा साे जानकारी दिईएको हो । राष्ट्रिय परिचय पत्रलाई डिजिटल आईडीको रुपमा दिईएको हुदां सबैलाई पायक पर्ने उदेश्यले टोली खटने भएको कुरा विभागका निर्देशक सागर मणी ढकालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीकाे अध्यक्षतामा भएको गाेष्ठिमा जिल्ला समन्वय समितिका प्रमुख रामअयाेध्या यादव,वाैधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादव , नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा सहितले स्थानीय तहमा खटिने टाेलीलाई आ आफ्ना स्तरबाट सहयोग गर्ने प्रतिव्द्ता व्यक्त गरेका छन। सो अवसरमा जिल्लाका सवै जसो स्थानीय तहका प्रमुख उपप्रमुख , प्रमुख प्रशासकीय अधिकृत र जिल्लाका सुरक्षा प्रमुखहरुको उपस्थित रहेको थियो ।
Sthaniya News
