Breaking News
उपमेयर रामले मागेको ३ करोड नदिदा आफुमाथि झुठा आरोप लगाएको :- नगर प्रमुख कुर्मी

उपमेयर रामले मागेको ३ करोड नदिदा आफुमाथि झुठा आरोप लगाएको :- नगर प्रमुख कुर्मी

आरएन पटेल ।

रौतहट, मंसिर २३ गते ।

रौतहट जिल्लाको वृंदावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले आफुमाथि गलत आरोप लगाएको बताएका छन् ।
शुक्रबार नगरपालिकाको कार्यालय बिश्रामपुरमा पत्रकार सम्मेलनको आयोजना गरि नगर प्रमुख कुर्मीले उपप्रमुख संगीता देवी राम नियमित रुपमा नगरपालिकाको कार्यमा सहभागी नहुदा विकाश निर्माणका कार्यहरू प्रभावित हुन पुगेको आरोप लगाएका हुन ।
चालु आर्थिक वर्षको लागि छुट्याएको २५ करोड रकम मध्ये ३ करोड निजी रुपमा संचालन गर्नको लागि माग गर्दा बिकाशको योजना संचालन बाहेक रकम भागबण्डा गर्न नसकिने जवाफ दिए पछि उपप्रमुख रामले सामाजिक संजाल मार्फत आफुमाथि मिथया आरोप लगाउने कार्य गरेको टिप्पणी गरे ।
उनले भने “न्यायिक समिति संचालन गर्नको लागि रकम, कर्मचारी, भवनको व्यवस्था गरेको छु आफै नगरपालिका आउदैन, नगरपालिका को बिषयगत समितिका जिम्मेवारी पाएका उप प्रमुख रामले अहिले सम्म कुनै बैठकमा उपस्थित नभएको कारण बजेट संचालन समस्या उत्पन्न भै रहेको” उल्लेख गरे ।
पूर्व जनप्रतिनिधिले गर्न नसकेको कार्य ६ महिनामा गरेर देखाएको दावी गर्दै निर्वाचनको बेला जनता सित गरेको बाचा पुरा गर्न एक इन्च पनि पछि नहट्ने उनले ठोकुवा गरे ।
आफु भ्रस्टाचार नगर्ने र गर्न पनि नदिने उद्देश्य अनुसार उपप्रमुखको उदेश्य कुनै हालतमा पुरा नहुन दिने अडान दोहर्याउदै मेयर कुर्मीले उपप्रमुख कार्यालय नआए कानुन बमोजिम अर्को विकल्प रोज्ने चेतावनी दिए ।
राजनीतिको कारण ठूलो आर्थिक क्षति भएको दुखेसो पोख्दै नगर प्रमुख ३ करोडको माग कुनै पनि हालतमा पुरा गर्न सकिदैन बरु राजिनामा दिने छु। उपप्रमुख बैठकमा सहभागी नहुदा बागमती नदीको टेन्डर, किसानको लागि मलखाद वितरण, बजेट कार्यन्वयन गर्न कठिनाई भएको उहाको भनाइ रहेको छ!
नगर प्रमुख कुर्मीले उपप्रमुखको श्रीमान अरुण रामले गाडी मरमतको नाउमा ११ लाख रकम माग गरेकोमा त्यो नदिदा गलत आरोप लगाउने गरेको बताउदै उपप्रमुख बाट आफै पिडित भएको उल्लेख गरे!
१ करोड ५० लाख शिक्षा, १ करोड स्वास्थ्य,१ करोड कृषि तथा ८० लाखको दरले वडा स्तरीय बजेट विनियोजन गरिएको जानकारी दिदै मेयर कुर्मीले निषपक्ष, निस्वार्थ रुपमा जनताको लागि काम गर्ने तथा भ्रस्टाचार नगर्ने प्रतिब्द्धता जनाए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*