Breaking News
मधेश प्रदेश सांसदको शपथग्रहण कार्य पुस १५ गते हुने ।

मधेश प्रदेश सांसदको शपथग्रहण कार्य पुस १५ गते हुने ।

जनकपुरधाम । पुस ११ गते ।

मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण पुस १५ गते हुने भएको छ ।

सोमबार प्रदेशसभा सचिवालयमा आह्वान गरिएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो ।

पुस १५ गते दिउँसो २ बजे नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण हुने तय भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यले गराउने कानुनी व्यवस्था छ ।

सचिव यादवका अनुसार प्रदेशसभाको ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसद गोवीन्द बहादुर न्यौपानेले शपथ ग्रहण गराउने छन्।

मधेश प्रदेशसभामा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ प्रदेश सांसद छन् । साभार:-अनलाइन खबर

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*