रूपेश यादव, पुस २२ गते ।
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको ग्लोबल आइएमइ बैंक बिजयपुर शाखाले आफनो १६ औं वार्षिकोत्सब मनाएको छ । आज वार्षिकोत्सबको अवसरमा निःशुल्क महिला स्वास्थ्य शिविर आयोजन गरेको थियो । सो नगरपालिकाको वडा नम्बर ७ स्थिति रहेको आधारभूत स्वास्थ्य केन्द्र फतुवामा एक दिने शिविर चलाईएको थियो ।

शुक्रबार परिवार नियोजन संघको प्राविधिक सहयोगमा स्वास्थ्य क्याम्प लगाइएको ग्लोबल आइएमइ बैंक फतुवा बिजयपुर शाखाका प्रबन्धक मुकेश ठाकुरले जानकारी गराएका हुन् । शिविरमा ६७ जना महिलाहरू लाई निःशुल्क उपचार गरिएको ठाकुरले बताए । शिविरको उदघाटन प्रमुख अतिथि ग्लोबल आइएमइ बैंक मधेस प्रदेशका प्रतिनिधि साजन प्रजापतिले गरेका थिए ।

शिविरमा युटेरस प्रोलेप्स सम्बन्धि स्वास्थ्य जाँच, महिलाहरूको पाठेघरको क्यान्सर जाँच,यौन रोग सम्बन्धि जाँच तथा सेवा,स्त्री रोग सम्बन्धि अन्य जाँच सेवाहरू दिइएको थियो । शिविरमा जनकपुर प्रादेशिक अस्पतालका डा.रूबि सिंहको टिम द्वारा चेकजाँच गरिएको थियो ।
शिविरको लागि केन्द्रीय कार्यालयले मधेस प्रदेशभरिमा ग्लोबल आइएमइ बैंक फतुवा बिजयपुर शाखालाई छनौट गरेको थियो । छनौट भए अनुसारनै स्थानीयहरूले सेवा पाएका छन् । शाखाले शिविरको यसघि नै सूचना समेत जारी गरेको थियो ।
सो अवसरमा वडा अध्यक्ष रामविश्वास राय यादव,परिवार नियोजन संघका नि.शाखा प्रबन्धक नबलकिशोर लाल दास, शाखा सहायक ईन्चार्ज पप्पु प्रसाद पटेल, बैंकका कर्मचारी नरेश कुमार पंडित,स्वास्थ्य संयोजक रघुनाथ साह, बैंकका कर्मचारी,परिवार नियोजन संघको प्राविधिक टिम सहित स्थानीयहरूको सहभागीता रहेको थियो ।
Sthaniya News
