रौतहट , पुस १९ गते ।
रौतहट निर्वाचन क्षेत्र नं. २ का स्वतन्त्र संघीय सांसद किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन । सोमबार सांझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर स्वतन्त्र सांसद साह एमालेमा प्रवेश गरेका हुन। पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलिले स्वतन्त्र सांसद किरण साहलाई खांदा ओढाएर टीका लगाई विधिवत रुपमा पार्टी प्रवेश गराएका थिए ।

उक्त अवसरमा केपि शर्मा ओलि संगै अर्थमन्त्री बिष्णु पौडेल,रौतहट क्षेत्र १ का संघीय सांसद प्रत्याशी अजयकुमार गुप्ता एमालेका स्थानीय प्रभावसाली नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उमेदवार किरण साहले तत्कालीन सतागठबन्धनका उमेदवार तथा पुर्वमन्त्री हाल नक्खु कारागारमा रहेका महम्मद आफताब आलमका छोरा फिर्दोस आलम लाई झन्डै ४५ सय ९६ मतको अन्तरले पराजित गरि बिजयी भएका थिए ।
Sthaniya News
