सप्तरी, फागुन २६ गते ।
राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराएको आरोपमा सप्तरीकी एक प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना गराएको छ।
आयोगले कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई कारबाही स्वरुप १५ हजार जरिवाना गराएको हो।
सूचना उपलब्ध गराउन आयोगबाट निर्देशन दिँदासमेत मागकर्तालाई सूचना नदिएपछि कारबाही गर्नु परेको आयोगले जनाएको छ।
आयोगका अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम साहलाई १५ हजार रुपैयाँ जरिवाना तिराइएको छ । साभार – palikanews.com
Sthaniya News
