आरएन पटेल, चैत्र १४ गते ।
रौतहटको गौरमा समाजवादी यूवा संघ नेपालको जिल्ला स्तरीय यूवा भेला सम्पन्न भएको छ । रौतहटको सदरमुकाम गौर स्थित उद्योग बाणिज्य संघको सभा हलमा समाजवादी यूवा संघको जिल्ला स्तरीय यूवा भेला समाजवादी यूवा संघको रौतहट जिल्ला सचिव संजीव यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

जनता समाजवादी पार्टि नेपालको भातृ संगठन समाजवादी यूवा संघ रौतहटको आयोजनामा सम्पन्न भेलाबाट समाजवादी यूवा संघको ४५ सदस्यीय रौतहट जिल्ला कार्य समिति गठन कार्यको खुल्ला सत्र सम्पन्न भएको छ। समाजवादी यूवा संघको रौतहट जिल्ला कार्य समिति गठन कार्यको बन्द सत्र यही चैत्र १५ गते हुने समाजवादी यूवा संघको केन्द्रीय महासचिव दिलीप कुमार पटेलले जानकारी गराउनु भएको छ ।

जनता समाजवादी पार्टि नेपालको भातृ संगठन समाजवादी यूवा संघ नेपालको जिल्ला स्तरीय यूवा भेला कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालको केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं २ (ख) को पुर्व प्रदेश सभा सदस्य रामकिशोर यादव उर्फ किशोरी यादव, विशिष्ट अतिथि पुर्व राज्य मन्त्री योगेन्द्र राय यादव,जसपा नेपालको केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं २ को नवनिर्वाचित प्रदेश सभा सदस्य माननीय शोभा देवी साह, जसपा नेपालको केन्द्रीय सल्लाहकार विश्वनाथ पटेल, अतिथि जसपा नेपालको रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादव, राम बशिष्ठ यादव, युवा संघको केन्द्रीय सचिव ठाकुर ऋतुराज, मधेस प्रदेश सचिव कमलेश यादव, जिल्ला भरिका जसपा नेपालको नगर कमिटी लगायत जसपा नेपालको नेतागण तथा युवाहरुको उपस्थिति रहेका थिए ।

Sthaniya News
