आर एन पटेल,चैत्र १५ गते।
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको टेंग्राहामा विद्यालय भवनको शिलान्यास भएको छ । सो नगरपालिकाको वडा नम्बर ४ स्थित रहेको श्री माध्यमिक बिधालय टेंग्राहामा एक कार्यक्रमका बिच विद्यालय भवनको शिलान्यास गरिएको हो ।

सो नगरपालिकाको नगर स्तरीय योजना अन्तर्गत निवर्तमान नगर प्रमुख गाेपाल राय यादवलकाे विशेष पहल तथा वडा अध्यक्ष सतिस कुमार (गाैरव) र प्रधानाध्यापक अनिल कुमार यादव काे स्क्रियतामा नगरस्तरिय याेजना बाट ५ काेठे दुई तल्ले (दस वटा काेठा) भवन काे शिलान्यास गरिएकाे छ ।
वडा अध्यक्ष यादव द्वारा भएकाे बिधालय सिलान्यास कार्य यस आ.ब. कुल २८ लाख काे लागतमा ५काेठे १ तल्ले काम सम्पन्न हुने वडा अध्यक्ष यादवले बताउनु भएकाे छ।
त्यस्तै बाकी रहेकाे अर्को तल्लाकाे काम आउदाे आर्थिक बर्षमा सम्पन्न हुने वहाले बताउनु भएकाे छ।
उहाँले निर्माण व्यवसायीलाई भवनको गुणस्तरिय कायम गरी समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह समेत गर्नुभयो । नयाँ भवन बन्न थालेसंगै लामो समयको प्रतीक्षापछि भवनको शिलान्यास भएपछि स्थानीयहरूले खुसी व्यक्त गरेका छन। वडा अध्यक्ष यादव निर्वाचित भए पछि सपथ खाने समयमा जुनजुन कार्य काे वाचा गरेका थिए त्याे अहिले धमाधम भईरहेका ले स्थानियहरू हर्षित भई वहाँ लाई धन्यवाद ज्ञापन गरेका छन । नयाँ भवनसंगै पढाइमा सहज हुने अभिभावक हरूले बिश्वास व्यक्त गरेका छन ।
उक्त बिधालय भवन शिलान्यास कार्यक्रममा वडा सदस्य उमेश यादव,ईन्दल यादव,अशाेक यादव, दसरथ यादव,बृजकिसाेर साह,परमेन्द्र यादव, रामरेख ठाकुर , रामसाेगारथ यादव, माेतिलाल यादव ,सुवास यादव, गाउँ का भद्रभलादमि र संचारकर्मि काे उपस्थिति रहेका थिए।
Sthaniya News
