Breaking News
उपभोक्ता समितिद्वारा भएको निर्माणकार्य संग नाम जोडेर बदनाम गराउने षड्यन्त्र गरेको वडा अध्यक्ष साहको दाबी ।

उपभोक्ता समितिद्वारा भएको निर्माणकार्य संग नाम जोडेर बदनाम गराउने षड्यन्त्र गरेको वडा अध्यक्ष साहको दाबी ।

आरएन पटेल ,रौतहट । भदौ १९ गते
रौतहटको देवाही गोनाही नगरपालिका-९ धरहरीमा उपभोक्ता समितिद्वारा भएको निर्माणकार्य संग नाम जोडेर बदनाम गराउने षड्यन्त्र गरेको वडा अध्यक्ष साहले दाबी गरेका छन् । बिगतको दिनमा अधुरो नाला निर्माण गरी अलपत्र छाडेका भन्दै धरहरीका वडा अध्यक्ष वीरबहादुर साहमाथी स्थानीयहरु आक्रोशित बनेका थिए। आफनो जातीको व्यक्तिको घर भत्किनबाट जोगाउन अधुरो नाला छाडेकाले वर्षाको समयमा नालाको पानी आफुहरुको घरमा पस्ने गरेको भन्दै स्थानीयहरु वडा अध्यक्ष साह विरुद्ध गुनासो गरेका थिए ।

त्यस्तै वडा सदस्य गौरीशंकर दासले आफुहरुलाई बाइपास गरी वडा अध्यक्ष साहले आफनो मनोमानी तरिकाले योजना सञ्चालन गर्ने गरेको र गुणस्तरहिन काम गरी व्यापक रकम अनियमितता गरेको आरोप लगाएका छन् । वहाँले गरेको योजनाको कामहरुको छानविन गर्नुपर्ने र रकम सार्वजनिक गर्नुपर्ने माग राख्दै वडा अध्यक्षमाथी वडा सदस्यहरुले नगरपालिकामा निवेदन दिएका छन् ।

सो विषयमा वडा अध्यक्ष साहले मंगलबार वडा कार्यालयमै पत्रकार सम्मेलन मार्फत उपभोक्ता समितिद्वारा भएको नाला निर्माणकार्य संग जोडेर बदनाम गराउने षड्यन्त्र रचेको बताएका छन् । केहिदिन धार्मिक यात्राको लागि भारत जादा यता आफ्नै पाइनल बाट निर्वाचित भएका वडा सदस्यहरु बजेटको भागवण्डा नमिल्दा विपक्षीसंग मिलेर आफू बिरोध षड्यन्त्र गरेको बताए ।

केही ठाँउमा बिजुलीको पोल र विपक्षीले विवाद सृजना गर्दा नाला पुर्णरूपमा बनाउन एक दुई ठाँउमा समस्या भएको बताउदै यसको निकास पनि चाडैं गर्ने बताए ।  विधुतको पोल सार्न प्राधिकरणको हाकिम संग कुरा गरि अधुरो रहेको केही ठाँउको नाला पनि सुचारू गराउने प्रतिबद्धता जनाए ।

पत्रकार सम्मेलन मार्फत वडा अध्यक्ष साहले आफू निर्वाचित भएको १६ महिनामा वडामा कायापल्ट हुने खालको विकास गरेको बताए । वडाभरिमा कृषि कार्यको लागि विधुतिय पोल समय समयमाकिसानलाइ मल खाद बीउ विजन एक्सप्रे टंकी , बाटोघाटो, नाला निर्माण, स्वास्थ्य चौकी निर्माण, जिर्न अवस्थामा रहेको वडा कार्यालयमा रंग रोदन गरि सञ्चालन लगायतको थुप्रै विकास निर्माणकार्य गरिसकेको र बाकी रहेको कार्य यस आर्थिक वर्ष २०८०/८१ मा गरिने लक्ष्य रहेको बताएका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*