Breaking News
जसपा रौतहट जिल्लाको बिस्तारित बैठक गौरमा  सम्पन्न ।

जसपा रौतहट जिल्लाको बिस्तारित बैठक गौरमा सम्पन्न ।

चन्दन कुमार महतो १७ भाद्र रौतहट
जनता समाजवदी पार्टी रौतहटको विस्तारित बैठक आइतवार सदरमुकाम गौरमा सम्पन्न भएको छ ! पार्टीको संगठन विस्तार तथा गौर घटनाको विस्तृत रुपमा जानकारी गराउने उदेश्यले कर्मचारी मिलन केन्द्रको सभाहालमा विस्तारित बैठकको आयोजना गरिएको थियो ।


जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेश अध्यक्ष रामबाबू यादवको प्रमुख आतिथ्यमा भएको विस्तारित बैठकमा गौर ह्त्याकाण्डको बारेमा बिस्तृत रुपमा छलफल भएको छ ! तत्कालीन मधेशी जनाधिकार फोरम नेपालले पूर्व निर्धारित समय अनुसार आम सभा आयोजना गरेको ठाउ गौर राइस मिलको मैदानमा तत्कालीन नेकपा माओवादीका नेता कार्यकर्त्ताले फोरमले आयोजना गरेको आम सभालाइ विथोल्न खोजे पछि भएको झड़पमा हथियार सहित आएका माओवादी कार्यकर्त्ताको मृत्यु भएकोले दोषी माओवादीका कार्यकर्त्ता नै रहेको ठहर बैठकले गरेको छ ।


बैठकमा सहभागी भएका जसपाका नेताहरुले सडयंत्र पूर्वक १७ बर्ष अघि भएको घटनाको पुनः उजागर गरेर पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजेको दावी प्रमुख अतिथि प्रदेश अध्यक्ष यादवले गरेका छन !
गौर घटनालाइ विउत्याउनु २२ बुन्दे र ८ बुन्दे विस्तृत शान्ति समझौताको विपरीत भएकोले राजनितिक घटनालाइ हत्याकाण्डको रूप दिनु गलत रहेको बताए !
पार्टीले संगठन विस्तार गरी पार्टीलाइ बलियो बनाउने उदेश्य लिएर अघि बढिरहेको बताउँदै अध्यक्ष यादवले प्रदेशले संचालन गर्न लागेको संगठन विस्तार अभियानलाइ सफल बनाउन आग्रह समेत गरे !
जिल्ला अध्यक्ष श्याम विहारी यादवको सभापतित्वमा भएको बैठकले ५ बुन्दे प्रस्ताव समेत पारित गरेको छ ! बैठकमा जसपा मधेस प्रदेश अध्यक्ष पुर्व मा.रामबाबु कुमार यादव, जसपा मधेश प्रदेश कोषाध्यक्ष रेणु यादव,मधेश प्रदेश सरकारको ऊर्जा सिचाई तथा खानेपानी राज्यमंत्री अब्बुल कलम आजाद , जसपा मधेश प्रदेश ईन्चार्ज चन्देश्वर महतो,जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद मा.रामकिशोर यादव ,पूर्व राज्य मंत्री योगेन्द्र राय यादव, प्रदेश सभा सदस्य मा.शोभा देवी साह, जसपा मधेस प्रदेश सदस्य तथा प्रादेशिक अस्पताल गौरको अध्यक्ष मोहम्मद अनवर हाशमी, जसपा जिल्ला ईन्चार्ज रामअशिस यादव, युवा नेता विवेक कुमार यादव,पुर्व नगर प्रमुख बिरेन्द्र प्रसाद यादव,पूर्व नगर उप प्रमुख किरण ठाकुर , लगायत पार्टीका संघीय परिषद् , प्रदेश समिति, जिल्ला समितिका पदाधिकारीले पार्टीको गतिविधि ,कार्यशैली , विस्तारको बारेमा आ आफ्नो धरना प्रस्तुत गरेका थिए !

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*