Breaking News
माधव नारायणमा समाजवादी युवा संघको २१ सदस्यीय नगर कार्य समिति गठन ।

माधव नारायणमा समाजवादी युवा संघको २१ सदस्यीय नगर कार्य समिति गठन ।

आरएन पटेल । भदौ २३ गते ।

जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी युवा संघ रौतहटको माधव नारायण न.पा.मा नगर स्तरीय युवा भेला भव्य रुपमा सम्पन्न भएको छ ।

युवा संघको जिल्ला अध्यक्ष पुन प्रताप प्रसाद पटेलको अध्यक्षता सम्पन्न भेलाबाट श्याम सुन्दर यादवको अध्यक्षतामा माधव नारायण नगरपालिकामा २१ सदस्यीय नगर कार्य समिति गठन गरिएको छ ।

आज एक कार्यक्रमका बिच माधव नारायण न. पा.-३ आधारभूत बिधालय भेल्हीमा समाजवादी युवा संघ रौतहट जिल्ला कार्य समिति द्वारा आयोजित कार्यक्रममा  उक्त २१ सदस्यीय नगर कार्य समिति गठन गरिएको हो । नव गठित युवा संघको माधव नारायण नपा नगर कार्य समितिका अध्यक्ष श्याम सुन्दर यादव, उपाध्यक्ष अजित कुमार यादव, सचिव कृष्ण चौधरी, स-सचिव जयनारायण पासवान, कोषाध्यक्ष गजेन्द्र यादव, सदस्य अनिल कुशवाहा, प्रदिप यादव, राधा चन्द यादव,  रम्भु यादव, जयलाल राम, राहुल राम, रूपेश ठाकर, रूपेश कुमार यादव, सरोज कुमार पासवान, बिकेश राय यादव, बिनोद यादव लगायत २१ सदस्यीय नगर कार्य समिति गठन गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा मधेश प्रदेश सरकारको पुर्व कृषि राज्यमन्त्री मा.योगेन्द्र राय यादव, विशिष्ट अतिथि मधेश प्रदेश सदस्य तथा पुर्व नगर प्रमुख बिरेन्द्र प्रसाद यादव, जसपा जिल्ला अध्यक्ष श्याम बिहारी यादवले नव गठित नगर कार्य समितिका पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

साथै कार्यक्रमको अतिथि माधवनारायण नपा उपमेयर निर्माला रमन, युवा संघको जिल्ला इन्चार्ज संजिब यादव, उपाध्यक्ष राज नारायण साह, सचिव तपशिलाल यादव, जिल्ला उप सचिव शभु यादव, दिनेश यादव, जि सदस्य उपेन्द्र यादव लगायत सैकडौ युवाहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*