Breaking News
परोहामा जसपाको शुभकामना आदानप्रदान, संगठन विस्तार संगै २१ सदस्यीय नगर कमिटि गठन ।

परोहामा जसपाको शुभकामना आदानप्रदान, संगठन विस्तार संगै २१ सदस्यीय नगर कमिटि गठन ।

आरएन पटेल, कार्तिक १३ गते ।
रौतहटको परोहा नगरपालिकामा जसपाको शुभकामना आदानप्रदान, संगठन विस्तार संगै २१ सदस्यीय नगर कमिटि गठन कार्य सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. ३ तेजापाकड टोलमा जनता समाजवादी पार्टी नेपालको परोहा नगर कमिटि गठन गरिएको हो ।


जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कार्य समितिको आयोजनामा सोमबार परोहा नपामा नगर स्तरीय अगुवा कार्यकर्ता भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षता सम्पन्न भेलाबाट धर्मेन्द्र यादवको अध्यक्षतामा उक्त २१ सदस्यीय नगर कमिटि गठन गरिएको छ ।
नव गठित जसपा नेपाल परोहा नगर कमिटिको सम्पूर्ण पदाधिकारिहरुमा हिन्दू धर्मावलम्बीहरुको महान पर्व शुभ दीपावली एवं आस्थाको पर्व छठ पर्वको शुभ अवसरमा कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालको केन्द्रीय सदस्य तथा राजनीतिक समिति सदस्य एवं पूर्व प्रदेश सभा सदस्य रामकिशोर प्रसाद यादवले कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि जसपा नेपालको केन्द्रीय सल्लाहकार विश्वनाथ पटेल, केन्द्रीय सदस्य किरण ठाकुर, प्रदेश सदस्य मो. कलाम, प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनवर हासमी, सर्लाही जिल्ला इन्चार्ज रामअशीष राय यादव, केन्द्रीय परिषद सदस्य दिनेश यादव, जिल्ला कोषाध्यक्ष बृज मोहन साह, राज नारायण साह, विद्यार्थी यूनियनको सचिव ललन यादव लगायत पार्टीका नेता कार्यकर्ता, सञ्चारकर्मी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*