आरएन पटेल । २९ कार्तिक २०८० ।
बौधिमाई मेयर कप फाइनलको खेलमा अजगैबी टिम १३६ रनले बिजयी भएका छन । रौतहटको बौधिमाई नगरपालिकाको सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघ गौरको आयोजनामा भइरहेको मेयर कप २०८० क्रिकेट टूर्नामेन्टको फाइनल खेलमा अजगैबी टिमले इनर्वालाई पराजित गर्दै १३६ रनले जित हात परेका छन ।

बौधिमाई नपाको सरमुजवा गुजरा माई क्रिकेट खेल मैदानमा कार्तिक १८ गते देखि सुरु भएको मेयर कप २०८० क्रिकेट प्रतियोगिताको आज बुधवार भएको फाइनल खेलमा अजगैबी टिम १३६ रनले इनर्वा टिमलाई पराजित गर्दै जीत हात परेका छन । प्रतिस्पर्धाको सुरुवातमा इनर्वा टिम टॉस जिति फिल्डिंग गर्ने निर्णय गरेको थियो । आजको फाइनल खेलमा अजगैबीले पहिलो पारिमा ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर २ सय ३३ रन जोड़ेका थिए । जवाफी बल्लेबाजीमा उत्रेका इनर्वा टिमले बिजयी लक्ष्य पछ्याउदै निर्धारित २० ओभरको खेलमा १४ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र ९७ रन बनाई पराजित हुनु परेको थियो ।


बौधिमाई नगरपालिकाको सरमुजवा स्थित गुजरामाई क्रिकेट खेल मैदानमा भइरहेको मेयर कप २०८० को खेलमा अजगैबी टिमले यस भन्दा अगाडी पहिलो मैच कोपवा र दोस्रो सरमुजवा-८ लाई पराजित गरि सेमिफाइनलमा तथा सरमुजवा-९ लाई पराजित गरि फाइनलमा पुगेका थिए । त्यस्तै फाइनलमा पुगेका दोस्रो टिम इनर्वाले पहिलो मैच मटिअर्वा र दोस्रो बंकुललाई पराजित गरि सेमिफाइनलमा तथा सरमुजवा-९ लाई पराजित गरि फाइनलमा पुगेका थिए । प्रतियोगिताको आज भएको फाइनल खेलमा अजगैबी टिमले राम्रो प्रदर्शन गर्दै फाइनल मैचमा ५२ रनको विष्फोटक बालेबाजी गर्दै अजगैबी टिमका सरोज यादवले सर्वाधिक ८५ रन जोडेका थिए। त्यस्तै टीमका कप्तान राहुल यादवले ४८ रन जोडेका थिए।

खेलमा प्रथम हुने अजगैबी टिमलाई ५१ हजार रुपैयाको चेक सहित प्रथम पुरस्कार शिल्ड तथा टिमका सम्पूर्ण खेलाडीहरुलाई टिका, माला, मेडल लगाई नगर प्रमुख प्रदीप कुमार यादवले प्रमाणपत्रका साथ सम्मान गरेका हुन । साथै दोस्रो हुने इनर्वा टिमलाई २५ हजार रुपैयाँको चेक सहित दोस्रो पुरस्कार शिल्ड तथा टिमका सम्पूर्ण खेलाडीहरुलाई टिका, माला, मेडल लगाई नगर उप प्रमुख प्रमिला जयसवालले प्रमाणपत्र प्रदान गरेकी हुन ।
मेयर कप समापन कार्यक्रममा मेयर यादवले जित र हार “एउटै सिक्का का दुई पाता हुन” बारे प्रस्टयाउदै खेल खेल्नेको मात्र जित अथवा पराजित हुने बताउनु भएको भएको थियो । पराजित भएको टीम पराजित नभएर उप विजेता भएको बताउदै खेलको फाइनल सम्मको यात्रा निकै नै रोचक तथा विभिन्न टिमलाई पराजित गर्दै फाइनल सम्म पुगेकोमा बधाई दिदै अझ राम्रो प्रयास गर्न अभिप्रेरित गर्नु भएको थियो । खेल तथा खेलाड़ीहरुको विकासको लागि आफु एकदमै सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता गर्दै यसै अनुरूप यो टूर्नामेन्टको आयोजना गरिएको बताउनु भएको थियो । क्रिकेट जगतमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन थालेकाले बौधिमाई नगरपालिकाबाट पनि क्रिकेटका खेलाडीहरु उत्पादन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित भएको मेयर यादवले बताउनुभयो। बौधिमाईमा क्रिकेटको विकासका लागि आफु कुनै कसर बाँकी नराख्ने बताउदै सो गुजरामाई खेल मैदानलाई आफ्नो कार्यकाल भित्र नै क्रिकेट स्टेडियम बनाउने प्रतिबद्धता समेत गर्नुभयो।


सो प्रतियोगिताको फाइनल खेलमा नगर उपप्रमुख प्रमिला जैसवाल, निमित प्रमुख प्रशासकीय अधिकृत प्रमोद राय यादव,लेखापाल अरविन्द कुमार यादव,शिक्षा संयोजक रमेश यादव, वडा अध्यक्ष मुक्ति नारायण मिश्रा, बिन्देशवर राय यादव ,तुरुन्त नारायण यादव ,नरेन्द्र कुमार सिन्हा ,लक्ष्मीनारायण यादव ,धर्मेन्द्र प्रसाद पटेल लगायत हजारौंको संख्यामा क्रिकेट खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेका थिए।


Sthaniya News
