Breaking News
केपी ओली कपको फाइनलमा आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन

केपी ओली कपको फाइनलमा आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन

मधेश प्रदेश, १५ मंसिर २०८० ।
केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ। शुक्रबार पोखरा क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेश च्याम्पियन भएको हो। मधेशले राष्ट्रियस्तरको प्रतियोगिता जितेको यो पहिलो पटक हो।

मधेशले दिएको १३६ रनको लक्ष्य पछ्याएको आर्मीले ७ विकेटको क्षतिमा १२४ रन मात्र जोड्न सक्यो।
अन्तिम ओभरमा जितका लागि आर्मीलाई २४ रन चाहिदा विवेक यादवले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा एक रन लिएका थिए।
तर त्यसपछिका तीन बलमा आर्मीका सोमपाल कामीले मधेशका रुपेश सिंहको बलमा एक रन मात्र जोड्न सके।
सोमपालले १५ बलमा नटआउट १६ रन र विवेकले १४ बलमा नटआउट २५ बनाए।

त्यसअघि कप्तान विनोद भण्डारीले ३२ रन, सन्तोष कार्कीले १६ रन र भीम सार्कीले २२ रन जोडेका थिए। आर्मीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। रोहित पौडेल ५ रन, बसिर अहमद २ रन, कुशल मल्ल ० र राजेश पुलामी ३ रनमै आउट भए।

बलिङमा मधेशका कप्तान हरिशंकर साहले ४ विकेट लिए। उनले ४ ओभरमा १९ रन खर्चिए। उनले ११ ओभरमा तीन विकेट लिएका थिए। सो ओभरमा उनले विनोद भण्डारी, बसिर अहमद र कुशल मल्ललाई आउट गरेका थिए।
प्रदीप पासवानले २ विकेट लिए भने पार्थिक यादवले १ विकेट लिन सफल भए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ८ विकेटको क्षतिमा १३५ रन जोड्यो।

मधेशका लागि विशाल पटेलले नटआउट ४९ रन जोडे। उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। कप्तान हरिशंकरले २७ रन जोडे भने हिमांशु दत्तले १४ रन र विशाल सुस्लिङले १० रन बनाए। मधेशका अरु ब्याटर दोहोरो अंकमा रन नजोडि आउट भए।


बलिङमा आर्मीका विवेक यादव र शाहव आलामले ३-३ विकेट लिए। सोमपाल कामी र बसिर अहमदले १-१ विकेट लिन सफल भए।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*