आरएन पटेल । मंसिर १९ गते ।
सिम्राैनगढ नगरपालिकामा महिला स्वास्थ्य स्वयं सेविका सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

२० औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा सिम्राैनगढ नपामा महिला स्वास्थ्य स्वयं सेविका सम्मान कार्यक्रम सम्पन्न भएको हो । नगरपालिका भित्रका प्रत्येक स्वास्थ्य संस्थाबाट एक एक जना गरि १० जना उत्कृष्ट महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई एक कार्यक्रमका बिच आज सम्मान गरिएको हो ।

” स्वास्थ्य क्षेत्रमा दिगो विकास -महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास ” भन्ने नाराका साथ मंगलबारका दिन सिम्राैनगढ नगरपालिकाकाे सभाहलमा नगर प्रमुख किसाेरी प्रसाद कल्वारकाे अध्यक्षातामा साे सम्मान कार्यक्रम सम्पन्न गरिएको हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नि. प्रमुख प्रशासकीय अधिकृत जयनरायण यादवले स्वयंसेविकाहरुले पाउने यो सम्मान पत्र अनमोल रहेकोले आगामी दिनमा तपाइहरुले अझ सफलताका साथ कार्य गरि उच्च स्थान प्राप्तिको लागि हौसला बढाउदै उत्कृष्ट कार्य गरि सम्मान पत्र प्राप्त गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन ।

संरक्षण नेपाल बाराको सहयोगमा सम्पन्न कार्यक्रमकाे आयाेजना सिम्राैनगढ नगरपालिकाले रहेको थियो ।
सम्मानित हुने महिला स्वास्थ्य स्वयं सेविकाहरू , सबनम खातुन,सबिता कुमारी ,तरिफन खातुन,सिता देवी ,सकिला खातुन,ललिता देवी महताे,रूना देवी ,उषा देवी विन ,पुजा देवी , सितादेवि जयसवाल रहेकी छिन।
कार्यक्रम संचालन मनु यादवेन्द्रले गरेको थियो भने
कार्यक्रममा नपाका स्वास्थ्यकर्मी, कर्मचारिहरु लगायत संचारकर्मीहरुको उपस्थिति रहेकाे थियाे ।
Sthaniya News
