बैशाख ११ गते २०८१ ।
अत्यधिक गर्मी बढेपछि केही दिनयता तराईको जनजीवन प्रभावित बनेको छ।
अत्याधिक गर्मी बढेको तराई क्षेत्रमा आगामी चार दिनसम्म तातो हावा चल्नसक्ने चेतावनी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।

महाशाखाका अनुसार केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनमत तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको तथा तराईका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी नापिएको छ।
सोमबार दिउँसोको तथ्यांकअनुसार भैरहवामा ४०.९ र सिमरामा ४० डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।
जनकपुरमा ३९.४, धनगढीमा ३८.८ र नेपपालगञ्जमा ३८.४ डिग्री सेल्सियस मापन भएको पनि मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।
आगामी चार दिनसम्म रौतहट, बारा, पर्सा र धनुषादेखि कञ्चनपुरसम्म अत्याधिक गर्मी हुने भएकाले तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
वीरगञ्जको नारायणी अस्पतालका फिजिसियन एवम् प्रवक्ता डा.उदयनारायण सिंहले धुलोसहित अत्यधिक तीव्र गतिमा तातो हावा चल्दा मानिसमा धुलो तथा गर्मीजन्य सङ्क्रमण बढ्ने जोखिम अत्यधिक हुने बताए । उनीहरुले यस्तो मौसममा सकेसम्म घरभित्रै बस्न, प्रशस्त पानी पिउन, अस्वस्थकर खानेकुरा नखान र स्वस्थ रहने उपाय अपनाउन सुझाव दिएका छन् । साभार :- पर्सा ऑनलाईन डट कम
Sthaniya News
