Breaking News
शान्ति सुरक्षा सँगै सिमा अतिक्रमण र सिमा स्तंभ रक्षा समेत गरेका छाै: – सशस्त्र प्रहरी महानिरिक्षक शाह

शान्ति सुरक्षा सँगै सिमा अतिक्रमण र सिमा स्तंभ रक्षा समेत गरेका छाै: – सशस्त्र प्रहरी महानिरिक्षक शाह

प्रेमचन्द्र झा
राैतहट, बैशाख १४ गते ।

सशस्त्र प्रहरी वाहीनी वर्दिवासका सशस्त्र प्रहरी नायव महानिरिक्षक / वाहिनीपति दिपेन्द्र शाहले सशस्त्र प्रहरी वल देशमा शान्ति सुरक्षाको आलवा सिमा अतिक्रमण र सिमा स्तंभ रक्षाको काम गरेको दावी गरेका छन । सशस्त्र प्रहरी बल गण ११ राैतहटको स्थापना दिवसको अवसरमा आयोजित समारोह प्रमुख अतिथिकाे आसनबाट बोल्दै सशस्त्र प्रहरीले राष्ट्र देश हितका लागि सधै समर्पित भएर काम गरि रहेको वताए । संस्थागत हित तथा उच्च मर्यादाका साथ अनुशासनमा रहन बलका विभिन्न पदमा रहेकालाई प्रमुख अतिथि साहले अनुराेध गरेका छन । साे समारोहका विशिष्ट अतिथि राैतहटका प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मीले सशस्त्र प्रहरी बल स्थापना देश द्वन्द्वकालमा रहेकाे बेलामा भए पनि यसले समग्र देशमा शान्ति सुरक्षाको क्षेत्रमा गरेको योगदान अतुलनीय रहेकाे बताए ।


सशस्त्र प्रहरी बल गण ११ का गणपति /सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईले पछिल्लो एक वर्षका उपलब्धि सार्बजनिक गर्दै अबैध मालसामान पक्राउ गरी २ करोड रुपैयाँ राज्शवमा योगदान गर्नुको साथै ५१ जना नागरिकलाई आवश्यकता परेको बेला रक्तदान भएको,सिमा वासिसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तरगत सर्वसाधारण जनताका लागि हैण्ड पाईप जडान तथा सार्वजनिक शाैचालय निर्माण गरिएको लगाएतका उपलब्धि सार्बजनिक गरेका छन ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमख रामअयाेध्या प्रसाद यादव , नेपाली सेना वीर दल गणका गणपति गंगा बहादुर विष्ट,नेपाल प्रहरीका प्रहरी उपरीक्षक दिलिप घिमिरे ,राष्ट्रिय अनुसन्धान विभागका उप निर्देशक अभिनय कुमार सिंह ,नेपाल रेडक्रस साेसाईटीका अध्यक्ष राजकिशाेर प्रसाद यादव , राैतहट उधाेग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवाल, गाैर नगरपालिका वडा नम्बर ९का वडा अध्यक्ष अर्जुन सिह सहितका उपस्थिति रहेकाे थियोे ।
स्थापना दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजय तथा बलमा उत्कृष्ट काम गर्नेलाई प्रमुख अतिथि शाहले पुरस्कार – प्रमाण पत्र वितरण गरेका थिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*