आरएन पटेल
रौतहट । भाद्र २५ गते ।
आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस बौधिमाई नपामा मनाइएको छ । ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ नाराका साथ जनचेतनामूलक कार्यक्रम गरी यो दिवस रौतहटको बौधिमाई नगरपालिकामा पनि मनाइएको हो ।

विश्वभर प्रतिवर्ष ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने बताइन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुन्छ। नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन्। नेपालमा आर्थिक वर्ष २०८०/८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका थिए।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख एवं विभिन्न स्वास्थ्यकर्मीहरूको टोली सहित पालिका अन्तर्गत पर्ने विभिन्न विद्यालयहरु पुगी अध्ययनरत्त किशोर किशोरीहरुलाई जनचेतनामूलक कार्यक्रम गरि आत्म हत्या रोकथाम सम्बन्धी विभिन्न परामर्श सहित कार्यक्रम संचालन गरिएको थियो ।

“हामी सबैलाई तनाव हुन्छ र तनाव कम गर्ने उपायहरू पनि छन।” यस्ता उपायहरू हुदा हुदै अलिकति तनाव पर्दा यत्रो अमूल्य जीवनलाई बर्बाद पार्नु मानवता विपरित कार्य भएको तथा संसारको सबै भन्दा उच्च,विवेकशील एवं विचारणीय प्राणी मनुष्यमा जन्मेर पनि अरुको भलो गर्नुको सट्टा आफ्नो अमूल्य जीवनलाई समाप्त पार्नु जायज नरहेको नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तारकेश्वर पटेलले बताएका हुन ।
त्यस्तै आफ्नो टोल छिमेक तथा अफ़न्तजनमा त्यस्ता मानसिक तनाव खेपिरहेका व्यक्ति भेटिएमा वा आत्महत्या जस्ता घटना गर्न सक्ने सम्भावना हुन साथ तुरुन्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको मानसिक अस्पतालको हटलाइन सेवाको नम्बर ११६६ मा जानकारी गराई सहयोग गरीदिनु हुन नपाका स्वास्थ्य संयोजक राकेश प्रसाद यादवले अनुरोध गरेका छन।

Sthaniya News
