Breaking News
प्रतिपक्षी नेताहरुले विभिन्न राजनीतिक षडयन्त्र गरि जालझेल रच्दै-वडा अध्यक्ष श्यामकिशोर साह ।

प्रतिपक्षी नेताहरुले विभिन्न राजनीतिक षडयन्त्र गरि जालझेल रच्दै-वडा अध्यक्ष श्यामकिशोर साह ।

आरएन पटेल ।
रौतहट,भाद्र ३० गते ।
रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ९ सोनरनियाको वडा अध्यक्षको प्रतिपक्षमा रहेका केहि राजनीति कर्मिहरुले विभिन्न षडयन्त्र गरि जालझेल रचेर आफुलाई बदनाम गराउन कुनै कसर नछोडेको वडा अध्यक्ष श्यामकिशोर साहले आरोप लगाएका छन । गत शुक्रवार वडा कार्यालयमा भएको ताला बन्दी तथा तोडफ़ोड़को घटना राजनीतिक षडयन्त्र बाहेक अरु केहि नभएको साहले बताएका छन ।

यस भन्दा अगाडी स्थानीय एक महिलासँग यौन शोषण गरेको आरोप वडा अध्यक्ष साहमाथि लगाइए पनि यसलाई एउटा ठुलो षड्यन्त्रको रूपमा लिइएको तथा केही व्यक्तिहरूले षड्यन्त्र रचेर साहलाई बदनाम गराउने प्रयास गरेको स्थानीय बासिन्दाहरूले आरोप लगाएका छन ।

यौन शोषणको आरोप बारे वडा अध्यक्ष साहले अस्वीकार गर्दै यसमा कुनै सत्यता नभएको बताउनु भएको छ। उहाँको भनाइअनुसार, यो आरोप वास्तवमा राजनीतिक चरित्र हत्या गर्ने तथा सामाजिक वातावरणमा खलल पुर्याउने खेल बाहेक अरु केहि नभएको बताए । घटनाको वास्तविकता बुझ्दै जाँदा यसले यो आरोप राजनैतिक षड्यन्त्र हुन सक्ने संभावना देखाएको छ। साथै यस भन्दा अगाडी पनि उक्त महिलाले अर्को एक युवकसंग अश्लीलता झल्किने शारिरीक सम्बन्धको विषयमा गरेको टेलिफोन संवाद सामाजिक संजालमा भाइरल भएको थियो ।

वडा अध्यक्ष साह जनताको सेवकको रूपमा आफ्नो दायित्व पूरा गर्दै आएको स्थानीयहरूले बताएका छन । साहको लोकप्रियतामा खलल पुर्याउन र उहाँलाई बदनाम गराउने उद्देश्यले केही व्यक्तिहरूले विभिन्न आरोपहरू लगाइरहेको बताइएको छ। यसरी राजनीतिक रूपले बदनाम गराएर आफ्नो स्वार्थ सिद्ध गर्ने प्रयासले स्थानीय राजनीतिमा अराजकता सिर्जना भएको छ।

सामाजिक वातावरण बिगार्ने तथा समाजमा खुलेआम देह व्यापार गर्दै आइरहेकि उक्त महिलालाई ठीक पार्नुको सट्टा अरुलाई बदनाम गराउन झूठा आरोप लगाई प्रदर्शन समेत गरि वडा कार्यालयमा गएर तोडफ़ोड़ तथा तालाबन्दी गरि सेवाग्राहीहरूको सेवा अवरुद्ध गर्ने स्थानीय केही प्रतिपक्षका व्यक्तिहरूले राजनीतिक प्रतिशोत साध्न विभिन्न जालझेल राचेको वडा अध्यक्ष साहले बताएका छन । यस कारणले गर्दा जनताले पाउनु पर्ने सेवा प्रभावित भएको छ। साथै यस्ता निन्दनीय कार्य गर्ने विरुद्ध कानूनी कारबाहीको माग समेत गरेका छन ।

यस घटनाले स्थानिय राजनीतिमा तनाव सिर्जना गरेको छ। एकातिर अध्यक्ष साहमाथि लागेको आरोपको वास्तविकता पत्ता लगाउनुपर्ने आवश्यकता छ भने अर्कोतिर, कार्यालयमा भएको तोडफोडजस्ता घटनाको कानूनी प्रक्रिया अवलम्बन गर्नुपर्ने देखिएको छ। यस घटनामा संलग्न व्यक्तिहरूको नियत स्पष्ट रूपमा बाहिर ल्याउनुपर्ने आवाज स्थानीयहरूबाट उठ्न थालेको छ।
सोनरनियाको उक्त घटना बारे हाल भइरहेको विवादले राजनीतिक स्थिरतामा ठूलो खलल पुर्याएको छ। यसलाई समाधान गर्न स्थानिय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित सरोकारवाला सबैले मिलेर काम गर्नुपर्ने देखिन्छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*