Breaking News
वृन्दावनका नगर प्रमुख कुर्मिको एक पछि अर्को सराहनीय कार्य, रमौलीमा स्वास्थ्य चौकी भवनको उद्घाटन ।

वृन्दावनका नगर प्रमुख कुर्मिको एक पछि अर्को सराहनीय कार्य, रमौलीमा स्वास्थ्य चौकी भवनको उद्घाटन ।

आरएन पटेल ।
असोज ०६ गते ।
रौतहटको वृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मिले एक पछि अर्को सराहनीय कार्यको सुरुवात गरेका छन । नगर प्रमुख कुर्मिले नगरपालिकाको वडा नं. १ स्थित रमौलीमा एक भव्य समारोहका बीच नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका छन । जनताको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न स्वास्थ्य चौकी भवनको निर्माण कार्यमा महत्वपूर्ण कदम बढ़ाई उद्घाटन कार्य सम्पन्न गरेका हुन ।

यस भवनको उद्घाटन कार्यले स्थानीय जनताको आधारभूत स्वास्थ्य सेवामा पहुँच जस्ता अत्यावश्यक कार्यहरु पूरा हुने उहाँले विश्वास गरेका छन । यहाँका नगरवासीले स्वास्थ्य उपचारका लागि बाहिर जानुपर्ने झन्झटलाई अन्त्य गर्दै अब स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने तथा यो निर्माण कार्यलाई आफ्नो चुनावी वाचा पुरा गर्ने क्रमको महत्वपूर्ण उपलब्धि रहेको नगर प्रमुख कुर्मिले बताए ।

आफु जनताको सेवामा प्रतिबद्ध रहँदै विभिन्न प्रतिपक्षी दलहरूले सिर्जना गरेका बाधा–अवरोधको बाबजुद पनि जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर आफ्नो कार्ययोजना अगाडि बढाइरहेको उनले बताए । नगरपालिकाको नगर स्तरीय योजनाबाट आ.ब. २०७९/०८० देखी २०८०/०८१ सम्मको यस स्वास्थ्य चौकी भवन निर्माण कार्यले वडा नं. १ रमौलीका स्थानीय सेवाग्राहीहरुलाई सुविधायुक्त स्वास्थ्य उपचारमा अहम भूमिका खेल्ने विश्वास गरिएको छ । नगर प्रमुख कुर्मिको नगर स्तरीय योजनाबाट निर्माण भएका सुरक्षित खानेपानी र शौचालय सहित ६ कोठ्ठे यस स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यले नगरवासीहरू खुलेर प्रशंसा गरेका छन । साथै नगर प्रमुखको यो प्रयासलाई सराहनीय बताउँदै धन्यवाद ज्ञापन गरेका छन । नगरवासीहरूका तर्फबाट नगर प्रमुख विनोद प्रसाद कुर्मीको यो दूरदर्शी र प्रभावकारी नेतृत्वले जनताको दीर्घकालीन स्वास्थ्य सुरक्षाको सुनिश्चितता गरेको ठम्याई रहेको छ ।

उद्घाटन समारोहमा नगर उप प्रमुख संगीता देवी राम, प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेल, वडा नं. १ का वडा अध्यक्ष रामनाथ सहनी लगायत विभिन्न वडाका वडा अध्यक्षहरू, सदस्यहरू, स्थानीय समाजसेवी, बुद्धिजीवी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*