Breaking News
रौतहटको माधाेपुर स्वास्थ्य चाैकी पालिकामै उत्कृष्ट, सेवाग्राही हर्षित ।

रौतहटको माधाेपुर स्वास्थ्य चाैकी पालिकामै उत्कृष्ट, सेवाग्राही हर्षित ।

आरएन पटेल ।
राैतहट, मंसिर ८ गते ।
रौतहटको माधाेपुर स्वास्थ्य चाैकी पालिकामै उत्कृष्ट देखिएको छ । जिल्लाको माधव नारायण नगरपालिका वडा नं. ६ माधोपुर स्वास्थ्य चौकी नमुना स्वास्थ्य चाैकीकाे रुपमा सञ्चालनमा आएको हो ।

स्वास्थ्य चाैकि प्रमुख (इन्चार्ज) चिकित्सक नेक महम्मद हुसैनकाे अहम भूमिका र पहलकदमी तथा माधव नारायण नगरपालिकाको नगर प्रमुख  बैजनाथ प्रसाद यादवको सहयोगमा माधव नारायण नगरपालिका वडा नं. ६ माधोपुरमा सञ्चालन रहेको माधोपुर स्वास्थ्य चौकी नगरपालिका भरिकै सब भन्दा उत्कृष्ट सेवा दिदै आइरहेको स्थानीय सेवाग्राहीहरुले बताएका छन ।

स्वास्थ्य चौकी माधोपुरमा जेनरल ओ पी डी, प्रसूति चेकजाच, प्याथोलॉजी ल्याब, भिडियो एक्सरे कोठा, बैठक कोठा, स्टोर रूम गरेर छूटा छूटै प्रत्येक कार्यको लागि कोठाकाे राम्रो  व्यवस्थापन भएको देखिएको छ । कार्यालय पूर्ण रूपमा व्यवस्थित हुनुमा कार्यालय प्रमुख नेक महम्मद हुसैनको ठुलो भूमिका रहेको सेवाग्राहीहरुले बताए ।  साथै गर्भवती महिलाहरुको चेकजाचको लागि पालिकामै एक मात्र भिडियो एक्सरे हुने सुबिधा सम्पन्न स्वास्थ्य चौकी रहेको स्थानीयहरुले बताएका छन ।

स्वास्थ्य चौकी माधोपुरमा बर्थिंग सेन्टर सञ्चालनको लागि आवश्यक पर्ने अधिकांश सामग्रीहरु व्यवस्थापन भइसकेको तथा थप सामग्री व्यवस्थापन गरेर छिटै बर्थिंग सेन्टर सञ्चालन हुने स्वास्थ्य चौकी प्रमुख हुसैनले बताएका छन । जिल्लाका अरु पालिकाहरुले पनि याे स्वास्थ्य चाैकीले प्रदान गर्दै आएको सेवा जस्तै सेवा दिन सिक्न जरुरी देखिन्छ ।

स्वास्थ्य चौकी माधोपुरले दिईरहेको सेवा तथा व्यवस्थापनको कार्य प्रति स्थानीय माधोपुरवासी निकै हर्षित हुदै नगर प्रमुख यादव तथा स्वास्थ्य चाैकी प्रमुख हुसेनलाई स्थानीय वडा बासिहरुले धन्यवाद ज्ञापनकाे साथै प्रशंसा गरि रहेका छन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*