Breaking News
फतुवा विजयपुरमा कानुनविपरीत निर्णयहरू विरुद्ध बुझाइयो वडाध्यक्षहरूको संयुक्त विज्ञप्ति

फतुवा विजयपुरमा कानुनविपरीत निर्णयहरू विरुद्ध बुझाइयो वडाध्यक्षहरूको संयुक्त विज्ञप्ति

रौतहट, जेष्ठ ६ गते।
रौतहटको फतुवा विजयपुरमा कानुनविपरीत निर्णयहरू विरुद्ध वडाध्यक्षहरूले संयुक्त रुपमा विज्ञप्ति बुझाएका छन। जिल्लाको उत्तरी भेग फतुवा विजयपुर नगरपालिकाका ११ वटै वडाध्यक्षहरूले एकै स्वरमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको कार्यशैलीप्रति कडा असन्तोष जनाउँदै प्रमुख प्रशासकीय अधिकृत भरत यादव समक्ष संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन। पालिकाको वडा नं २ का वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव(संजय) काे नेतृत्वमा गएका जनप्रतिनिधिहरूले साे ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले नगर प्रमुखले जनप्रतिनिधिको भूमिकालाई उपेक्षा गर्दै, विधि र प्रक्रिया बिनै पुराना योजनाहरूलाई नयाँ योजना देखाएर भुक्तानीका लागि दबाब दिएको आरोप लगाएका छन्। बजेट रकमान्तरदेखि वडा स्तरीय योजनाको कार्यान्वयन र भुक्तानी प्रक्रियामा पारदर्शिता नदेखिएको उनीहरूको गुनासो छ ।

लोकतान्त्रिक प्रणालीमा जनप्रतिनिधिको सम्मान र सहभागिता अनिवार्य हुन्छ। जब निर्णयहरू गुटगत स्वार्थमा आधारित हुन्छन्, तब सुशासनमाथि प्रश्न उठ्छ।
वडाध्यक्षहरूको यो कदम सत्ता नियन्त्रणभन्दा माथि विधिको शासनको माग हो । एक सशक्त सन्देश हो भन्ने उनीहरुको ठम्याई रहेको छ।
स्थानीयशासन प्रणाली, जनप्रतिनिधिको आवाज र सुशासन कायम राख्न नगरपालिका कार्यालयले सही दिशामा कानून बमोजिम कदम चाल्नु पर्ने आवश्यक रहेकाले वडा अध्यक्षहरुले सचेत गराएका छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*