Breaking News
वृन्दावनका नगर प्रमुख कुर्मीद्वारा प्रशासनिक भवन निर्माणको लागि शिलान्यास सम्पन्न

वृन्दावनका नगर प्रमुख कुर्मीद्वारा प्रशासनिक भवन निर्माणको लागि शिलान्यास सम्पन्न

रौतहट, जेष्ठ ७ गते ।
वृन्दावनका नगर प्रमुख बिनोद प्रसाद कुर्मीद्वारा पालिकाको प्रशासनिक भवन निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरेका छन। लामो समयदेखि विवाद तथा अवरोध सृजान हुँदै आएका वृन्दावन नगरपालिकाका अन्ततः स्थायी प्रशासनिक भवन निर्माणको प्रक्रिया तीव्र रुपमा अघि बढाइएको छ । नगरप्रमुख विनोदप्रसाद कुर्मीको नेतृत्वमा वृन्दावनका जनताको बहुप्रतीक्षित अपेक्षा पूरा हुन थालेको हो ।


स्थानीय तह पुनः संरचनापछि २०७३ सालमा गठन भएको वृन्दावन नगरपालिकाको स्थायी कार्यालयको विषयमा लामो समयदेखि अन्योलता रहँदै आएको थियो । कार्यालय कहाँ रहने भन्ने विवादले गर्दा पालिकाले स्थायी संरचना बनाउन सकेको थिएन । विगतमा पालिकाको कार्यालय विश्रामपुरमा सञ्चालन हुँदै आएको थियो । बीचमा कार्यालय वृन्दावन १ स्थित हनुमान चौक सार्ने प्रयास पनि भएको थियो, तर स्थानीयको तीव्र विरोधका कारण त्यो सम्भव भएन ।

२०७४ सालको स्थानीय निर्वाचनमा काँग्रेसका तर्फबाट निर्वाचित भएका तत्कालीन नगरप्रमुख रामस्नेही यादवले हनुमान चौकमा कार्यालय सार्ने योजना अघि सारे पनि स्थानीयका विरोध र विवादका कारण योजना थाँतीमा परेको थियो । त्यसबेलादेखि नै कार्यालयको स्थान र भवन निर्माण विषयमा राजनीतिक तथा सामाजिक स्तरमा असहमति रहँदै आएको थियो ।
तर २०७९ सालको स्थानीय निर्वाचनमा नेकपा (एकिकृत समाजवादी) का उम्मेदवारका रुपमा विजयी भएका वर्तमान नगरप्रमुख विनोदप्रसाद कुर्मीले कार्यालय नसार्ने तथा स्थायी प्रशासनिक भवन निर्माण गर्ने एजेन्डालाई चुनावी मुख्य प्रतिवद्धता बनाएका थिए । जनताको विश्वास जित्दै निर्वाचित भएका कुर्मीले अब त्यो प्रतिबद्धता कार्यान्वयनमा ल्याएका छन् ।
नगरप्रमुख कुर्मीका अनुसार भवन निर्माणका लागि आवश्यक पर्ने पर्याप्त जग्गा खरिद गरिसकिएको छ र प्रक्रिया आधिकारिक रुपमा अघि बढाइएको छ । हालै काठमाण्डौंस्थित जेबी कन्ट्रक्सन प्रालिलाई ६ करोड ४६ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ३३ पैसामा भवन निर्माणको जिम्मा दिइएको वृन्दावनका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलले तराई पोष्टलाई जानकारी दिएका छन् ।

टेन्डर प्रक्रिया पारदर्शी ढंगले सम्पन्न गरिएको र अब निर्माण कार्य छिटो सुरु हुने भुजेलले बताए ।
यता नगरप्रमुख कुर्मी तराई पोष्टलाई सँग कुराकानी गर्दै भने, “हामी जनताको स्पष्ट अपेक्षा र विश्वासअनुसार अगाडि बढिरहेका छौं,” उनले थपे, “विगतका विवाद र द्वन्द्वलाई टुंग्याउँदै हामी विकास र स्थायीतर्फ केन्द्रित भएका छौं ।”
वृन्दावन नगरपालिकाका स्थानीय सुरेन्द्रप्रसाद पटेलका अनुसार भवन निर्माणको प्रक्रियाले अब राजनीतिक अन्योल अन्त्य गरी सेवाहरु सजिलो र पारदर्शी हुने छ । यो कामलाई स्थानीय सरकारलाई सक्षम, उत्तरदायी र जनमुखी बनाउने एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । साभार: तराइपोष्ट ऑनलाइन

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*