Breaking News
एसईईमा उतीर्ण विद्यार्थीहरूलाई मावि धरहरीद्वारा सम्मान तथा बिदाई

एसईईमा उतीर्ण विद्यार्थीहरूलाई मावि धरहरीद्वारा सम्मान तथा बिदाई

सागर संगम ठाकुर, रौतहट, असार २५ गते

देवाही गोनाही नगरपालिका–९, धरहरी स्थित श्री जय किसान माध्यमिक विद्यालयमा कक्षा १० (एसईई) परीक्षामा उतीर्ण भएका विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच सम्मान तथा बिदाइ गरिएको छ। २०८१ सालको एसईई परीक्षामा विद्यालयबाट २१० जना परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये १२७ जना सफल भएका छन्। बुधबार आयोजित विशेष कार्यक्रममा सफल विद्यार्थीहरूलाई सम्मान पत्र प्रदान गरी बिदाइ गरिएको हो।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामनन्द साहको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि नगर प्रमुख प्रेमलाल साह तथा विशिष्ट अतिथि वडा अध्यक्ष वीर बहादुर साह रहेका थिए। कार्यक्रममा मेयर साह, वडा अध्यक्ष साह, अध्यक्ष श्यामनन्द साह तथा प्रधानाध्यापक संजय प्रसाद गुप्ताले उतीर्ण १२७ जना विद्यार्थीलाई प्रमाणपत्र द्वारा सम्मान गर्नु भयो । प्रधानाध्यापक गुप्ताले ए प्लस (A+) ल्याउने १० जना विद्यार्थीलाई विशेष शुभकामना दिंदै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नु भयो । साथै, सबै विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न प्रेरित गर्दै निरन्तर अध्ययनमा लाग्न सुझाव पनि दिनुभयो। कार्यक्रममा शिक्षक, शिक्षिका तथा अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थीहरूको उत्साहजनक सहभागिता सम्मान तथा बिदाइ कार्यक्रम सम्पन भयो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*