दिपेन्द्र जयसवाल,बारा, साउन २६ गते।
बाराको महागढ़ीमाई नगरपालिकामा महागढ़ीमाई फाउण्डेशनले विश्व प्रसिद्ध गढ़ीमाई मन्दिर परिसर बरियारपुरमा बृहत वृक्षारोपण कर्यक्रम सम्पन्न गरेको छ। “स्वच्छ वातावरण, समृद्ध समाज” मूल नाराका साथ वर्ल्ड लिंक बाराको सहयोग तथा महागढ़ीमाई नगरपालिकाको सहकार्यमा उक्त वृक्षारोपण कर्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस बारा जिल्ला सचिव भैयाराम यादवले उद्घाटन मन्तव्यमा वातावरण संरक्षणको महत्वमाथि प्रकाश पार्दै भने, “हरियाली विकास बिना समृद्धि सम्भव छैन, त्यसैले यो अभियान केवल वृक्ष रोप्नुमा सीमित नभई यसले जीवनशैली परिवर्तन र समाज रूपान्तरणतर्फ पनि अग्रसर होस भन्दै विश्व प्रख्यात पवित्र भूमि गढ़ीमाई मन्दिर परिसरको सुन्दरता बढाउने गरिएको प्रयासको लागि आयोजक संस्था महागढीमाई फाउण्डेशन परिवारलाई हार्दिक अभार प्रकट गर्नुभयो। कार्यक्रममा खल्ती ऐप्लिकेशनका को-फाउण्डर अरबिन्द साहले यस बृक्षा रोपणबाट गढ़ीमाईको सुन्दरतालाई बढाउनुको साथै धार्मिक तथा सांस्कृतिक पर्यटन लगायतको बिकासमा पनि टेवा पुग्ने कुरा बताउँदै फाउण्डेशनले गरिरहेको सामाजिक कार्यप्रति ख़ुशी ब्यक्त गर्दै धन्यबाद समेत दिए।

कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा पूर्व वडा अध्यक्ष बिरेन्द्र चौरसिया, खल्ती एप्लिकेशनका को-फाउण्डर अरबिन्द साह, सहयोगी संस्था वर्ल्ड लिंक बाराका ब्रान्च म्यानेजर प्रदीप साह, समाजसेवी जीतेन्द्र गुप्ता, महागढीमाई फाउण्डेशनका रवि कुशवाहा, सन्तोष कुशवाहा, राजेश्वर कुशवाहा, राकेश कुशवाहा, पिन्टू कुशवाहा, एकरामुल हसन, श्री गढ़ीमाई नमूना माविका प्रधानाध्यापक धर्मेन्द्र यादव, सहायक प्रधानाध्यापक जियालाल प्रसाद कुशवाहा, शिक्षक नेजामुल अंसारी, शिक्षिका उर्मिला यादव, बजरंग दल बरियारपुरका उपाध्यक्ष धनञ्जय लहेरा, इन्जिनियर राधेश्याम कुशवाहा, महागढीमाई नगरपालिका स्वस्थ्य शाखा प्रमुख मनोज चौरसिया, समाजसेवी सत्रुधन साह, पत्रकार, भरभलादमी लगायतकाहरु उपस्थित थिए। उपस्थित सम्पूर्ण अतिथिहरुलाई गमछा र सम्मान पत्रबाट सम्मान गरिएको थियो ।
वृक्षारोपण कार्यक्रमले स्थानीय वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। विशेषगरी गढ़ीमाई मन्दिर क्षेत्रको हरियाली विस्तार र प्राकृतिक सन्तुलनको संरक्षणमा यस्ता अभियानले दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा विभिन्न जातजाती तथा समुदायका स्थानीय युवाहरूले एकसाथ रोपण कार्यमा जुटी सामूहिक ऐक्यबद्धता प्रस्तुत गरे। सबैको सहकार्यले कार्यक्रमलाई सफल बनाएको आयोजक संस्थाले जनाएको छ। फाउण्डेशनले भविष्यमा पनि यस्ता वातावरण अनुकूल र समाज सेवामूलक कार्यक्रम निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
महागढ़ीमाई नगरपालिका वडा नं. १ बरियारपुर स्थित विश्व प्रसिद्ध गढ़ीमाई मन्दिर परिसरमा आयोजित कार्यक्रमको अध्यक्षता फाउण्डेशनका संयोजक सुनील कुशवाहाले गर्नुभएको थियो भने सञ्चालन जयराम कुशवाहाको रहेको थियो।
Sthaniya News
