Breaking News
भ्रामक समाचारहरुप्रति सचेत रहन सबैलाई आग्रह-प्रमुख प्रसाशकीय अधिकृत भरत प्रसाद यादव

भ्रामक समाचारहरुप्रति सचेत रहन सबैलाई आग्रह-प्रमुख प्रसाशकीय अधिकृत भरत प्रसाद यादव

आरएन पटेल
रौतहट, साउन २६ गते।
फतुवा बिजयपुर नपामा कुनै पनि क्षेत्रमा भ्रष्टाचार भएको छैन । प्रमुख प्रसाशकीय अधिकृत भरत प्रसाद यादवले भ्रामक समाचारहरुप्रति सचेत रहन सबैलाई आग्रह गरेका छन।
“सेवाग्राहीलाई सास्ती हुन नदिई, पहिलाभन्दा प्रभावकारी शैलीमा नगरपालिका सञ्चालन भईरहेको वहाले बताउनु भएको छ। नगरमा पारदर्शिता र सुशासनका आधारमा कार्य सम्पादन हुँदै आएको उनले दाबी गरेका छन।  नगरपालिका कार्यालयमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि नगरपालिकाको कार्यालयमा दैनिक रूपमा प्रमुख प्रशासकीय अधिकृत स्वयं उपस्थित रही कामकाज गरिरहेको जनाइएको छ।

प्रमुख प्रशासकीय अधिकृत यादवले भने, “नगर सभाबाट स्वीकृत कार्यक्रमहरू जनप्रतिनिधि तथा स्थानीय नागरिकको सहभागितामा सम्बन्धित वडामा नै पारदर्शी ढंगले सञ्चालन भएका छन्। कर्मचारीको हाजिरी तथा जिम्मेवारी पनि नगर सभाको निर्णय र आवश्यकताअनुसार गरिएकाे बताए ।
नगर प्रमुखको कार्यवाहक जिम्मेवारी सम्हालिरहनु भएकी अमवेया खातुन तथा प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवसहित नगरका अन्य कर्मचारीहरूमाथि उठाइएका आरोपहरूमा कुनै सत्यता नरहेको जनाउँदै नगरपालिकाले स्पष्टीकरण दिएको हो।
त्यस्तै सार्वजनिक खरिद, बजेट खर्च र टेन्डर प्रक्रियामा पनि कानुन अनुसारको कार्य भएको बताउँदै, कुनै प्रकारको व्यक्तिगत लाभ वा अनियमितता नगरेको दाबी गरिएको छ।
फतुवा विजयपुर नगरपालिकाको कार्यपालिकाले हालै स्थानीय पत्रपत्रिकाहरूमा प्रकाशित भएका केही समाचारहरूलाई भ्रामक र आधारहीन ठहर गर्दै प्रेस विज्ञप्ति मार्फत खण्डन गरेका छन।
सवारी चालक, इन्धन वितरण तथा सेवा सुविधा सम्बन्धी आरोपमा पनि खण्डन गर्दै यादवले भने, “कुनै अतिरिक्त कर्मचारी वा अनावश्यक खर्च नगरिएको तथा सरकारी सवारीको प्रयोग कानुन बमोजिम भएको प्रमुख प्रशासकीय अधिकृत यादवले  बताए ।
योजना शाखामा रामाशंकर यादवलाई अस्थायी रूपमा जिम्मेवारी दिनु परेको विषयमा पनि प्रष्ट पार्दै भनिएको छ ।  पूर्व योजना प्रमुख विल्टु राय यादव कार्यालयमा नियमित रूपमा नआएको र निजमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकोले वैकल्पिक व्यवस्था गर्नुपरेको हो ।
अन्त्यमा, केही पत्रिकाले “सबैभन्दा भ्रष्ट कर्मचारी” भन्दै प्रमुख प्रशासकीय अधिकृत यादवमाथि गरिएको आरोपप्रति आपत्ति जनाउँदै उनले स्पष्ट पारे, “हामी आर्थिक अनुशासन र इमानदारीका साथ काम गरिरहेका छौँ। हिमालीबास (वार्ड नं.११) मा आयोजित सार्वजनिक कार्यक्रममा पनि मेरो इमान्दारीको प्रशंसा सार्वजनिक रूपमा गरिएको छ।”
फतुवा विजयपुर नगरपालिकाले आम जनसमुदायलाई अपील गर्दै भनेको छ कि “आधारहीन समाचारमा विश्वास नगरी साँचो तथ्य र वस्तुस्थितिलाई बुझ्न प्रयास गरियोस्।” साथै स्थानीय सञ्चारमाध्यमहरूलाई सत्य, तथ्य र प्रमाणमा आधारित समाचार प्रकाशन गर्न अनुरोध गर्दै अपुष्ट सूचना सार्वजनिक नगरिदिन आग्रह समेत गरेको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*