Breaking News
बज्जिकाञ्चल दैनिकको पाँचौ वार्षिकोत्सवमा पाँच जना सम्मानित

बज्जिकाञ्चल दैनिकको पाँचौ वार्षिकोत्सवमा पाँच जना सम्मानित

रौतहट, भदौ ०१ गते।
बज्जिका भाषाको पहिलो दैनिक पत्रिका बज्जिकाञ्चल दैनिकले पाँचौ वार्षिकोत्सव मनाएको छ । बज्जिकाञ्चल मिडिया प्रालिद्वारा प्रकाशित बज्जिकाञ्चल दैनिकले यस अवसरमा पाँच जना संचारकर्मीलाई सम्मानित गरेको छ ।


पत्रिकाको कार्यकारी सम्पादक आरके श्रीवास्तवको अध्यक्षतामा कटहरियामा भएको कार्यक्रममा बज्जिका साहित्यकार सञ्जय साह मित्रले बज्जिका पत्रकारहरु चन्दन प्रसाद यादव,दिनेश कुमार श्रीवास्तव,रामअधार यादव,अर्जुन यादव,राजेश कुमार यादव गरी पाँच जनालाई गमछा ओढाएर प्रशंसापत्रले सम्मानित गरेका हुन् ।
स्थानीय भाषाको पत्रकारितालाई अगाडि बढाउन दिएको योगदानको कदर गर्दै सञ्चार माध्यमले पत्रकारलाई सम्मान गर्दा समाजसेवीहरुले पनि खुसी व्यक्त गरेका छन् ।


कार्यक्रमका प्रमुख अतिथि मित्रले बज्जिका भाषालाई रोजी-रोटीसित जाडेको बज्जिकाञ्चल दैनिकले मातृभाषाको पहिचान र प्रचारका साथै साहित्यमा ठुलो योगदान दिएको बताएका छन् ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य रामप्रवेश दासले स्थानीय भाषालाई जन जनमा पुर्याउन र मातृभाषामार्फत स्थानीयका कुरा स्थानीयसमक्ष पुर्याउन अतुलनीय भूमिका निर्वाह गरेको बताएका छन् । पत्रिकालाई डिजिटल युगमा पुर्याउन पनि सुझाव दिएका छन् ।


यसै गरी नेकपा माओवादीका स्थानीय नेता एवम् मेयर प्रत्यासी नसरुद्दीन अन्सारीले जनताको समस्यालाई निडरतापूर्वक उठाएर पत्रिकाले गलतलाई गलत र सहीलाई सही भन्ने साहस गर्नुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा बज्जिका साहित्य सङ्गम रौतहटका अध्यक्ष किशुन दयाल श्रीकृष्ण, शिक्षक मंचका रौतहट अध्यक्ष शिवशंकर झा, कटहरिया बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कपिलदेव राय यादव लगायतले शुभकामना मन्तव्य दिँदै पत्रिकाले स्थानीय स्तरमा आम जनतालाई सुसूचित पार्न खेलिरहेको भूमिकाको प्रशंसा गरेका छन् ।

भाषा, साहित्य र संस्कृतिलाई प्राथमिकता दिइरहेको बज्जिकाञ्चल दैनिकले प्रकाशनको क्रममा थोरै समयमा धेरै संघर्ष गरिसकेको कार्यकारी सम्पादक श्रीवास्तवले अवगत गराएका छन् । पत्रिका अब स्थायीत्वतर्फ अगाडि बढेको भन्दै श्रीवास्तवले थप परिमार्जनका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*