Breaking News
गौरमा जसपा नेपालद्वारा भूमि विधेयक विरुद्ध विशाल विरोध प्रदर्शन

गौरमा जसपा नेपालद्वारा भूमि विधेयक विरुद्ध विशाल विरोध प्रदर्शन

स्थानीय न्यूज,रौतहट, भदौ १५ गते।
जनता समाजवादी पार्टी नेपाल (जसपा) रौतहट जिल्ला कार्य समितिको आयोजनामा आइतबार जिल्लाको सदरमुकाम गौरमा भूमि विधेयक र गौर राईस मिलमा भएको घटनाविरुद्ध विशाल विरोध प्रदर्शन गरेको छ।


विरोध र्‍याली गौर बजारको विभिन्न मुख्य सडक परिक्रमा गर्दै मधेशी क्रान्ति बि.पि चोक अगाडि कोणसभा गरिएको छ। ।
कोणसभामा बोल्दै जसपा नेपालका जिल्ला अध्यक्ष पुर्व मेयर राजिव रन्जन उर्फ राजू यादवले – भूमि विधेयकले भूमिहीन किसान, सुकुम्बासी र दलित समुदायका अधिकार खोस्ने काम गरेको छ। सरकारले यो विधेयक तुरुन्त फिर्ता लिनुपर्छ। त्यस्तै, गौर राईस मिलमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्नुपर्ने उनले जोडदार माग गरेका छन।”

अविरल वर्षा भइरहेको बेलामा पनि जसपा नेपालले विशाल विरोध प्रदर्शन गरेको छ । भारी वर्षाका कारण सडक जलमग्न भएपनि पार्टीका हजारौं कार्यकर्ता तथा स्थानीय नागरिकले नाराबाजीसहित प्रदर्शनमा सहभागी भएका थिए ।
जसपा नेपालका नेता तथा कार्यकर्ताले भूमि अध्यादेशलाई “जनविरोधी, विषेश गरी मधेशी तथा किसानविरोधी” भन्दै यसलाई तुरुन्त फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन् । उनीहरूले अध्यादेशले सुकुम्बासी, किसान र गरीब वर्गलाई झन् बञ्चित पार्ने आरोप लगाएका थिए ।
साथै कार्यक्रममा सम्बोधन गर्दै जसपा नेपालका जिल्ला अध्यक्ष राजिव रंजन (राजु) यादव लगायत मधेस प्रदेश सरकारको पुर्व कृषी राज्य मन्त्री योगेन्द्र यादव, स्थानीय तथा केन्द्रीय नेताहरूले सरकारले भूमि सम्बन्धी नीति बनाउनुअघि सरोकारवाला वर्गसँग गम्भीर छलफल र परामर्श गर्नुपर्ने बताएका थिए । उनीहरूले भूमि सुधार किसानको हितमा हुनुपर्ने तर अध्यादेश त्यसको उल्टो रहेको आरोप लगाए ।
विरोध र्यालीमा सहभागीहरूले ब्यानर, प्लेकार्डसहित नाराबाजी गर्दै “भूमि अध्यादेश खारेज गर”, “केपी ओलीको दुई तिहाइको सरकार मुर्दाबाद, हतियारा प्रभु साह लाई कारबाही गर” जस्ता माग गरेका थिए ।
भारी वर्षाका कारण प्रदर्शनमा केही अवरोध भए पनि उपस्थितिको जोश उच्च रहेको जसपा नेपालका जिल्ला अध्यक्ष राजीव रंजन यादवले दाबी गरेका छन।

विरोध प्रदर्शन कार्यक्रममा जसपा नेपालका जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, जिल्ला नेतृत्व, युवा संगठन, कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*