Breaking News
लेखापरीक्षणमा उत्कृष्टता देखाउँदै ईशनाथ नगरपालिका पुरस्कृत,आर्थिक अनुशासनमा मधेश प्रदेशमै अग्रणी

लेखापरीक्षणमा उत्कृष्टता देखाउँदै ईशनाथ नगरपालिका पुरस्कृत,आर्थिक अनुशासनमा मधेश प्रदेशमै अग्रणी

आरएन पटेल,राैतहट,भदौ २२ गते । 
राैतहट- आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणमा उल्लेखनीय सफलता हासिल गर्दै ईशनाथ नगरपालिका, रौतहटले महालेखापरीक्षकको कार्यालयबाट आज प्रशंसा-पत्र प्राप्त गरेको छ । सम्पूर्ण मधेश प्रदेशबाट उत्कृष्ट प्रदर्शन गर्ने एक मात्र स्थानीय तहको रूपमा ईशनाथ नगरपालिका चयन भएको हो ।
ईशनाथ नगरपालिकामा आयोजित विशेष कार्यक्रममा नायब महालेखापरीक्षक इन्द्रप्रसाद आचार्य, उपमहालेखापरीक्षक पदमराज पौडेल तथा महालेखापरीक्षक तोयम रायाको संयुक्त हस्ताक्षरित उक्त प्रशंसा–पत्र नगरपालिकाकाे कार्यालयमा प्रदान गरिएको हो ।

लेखापरीक्षणका क्रममा ईशनाथ नगरपालिकाको कुल बेरुजु रु.७६,३८,३०७।– मात्र देखिएको थियो । जुन लेखापरीक्षण गरिएको कुल रकमको केवल ०.६१ प्रतिशत हो । साथै, यस नगरपालिकाले रु.७,६६,२०,०८५।– बराबरको बेरुजु फर्स्यौट तथा सम्परीक्षणसमेत गराएको छ । जुन यसअघि कायम बेरुजुहरूको तुलनामा उल्लेखनीय प्रगति हो ।
नगरप्रमुख कौशल्या देवीको नेतृत्व र प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताको प्रशासनिक व्यवस्थापनमा नगरपालिकाले वित्तीय अनुशासन, उत्तरदायित्व र पारदर्शिता कायम राख्न सफल भएको हो। दुवै जनाको सक्रिय पहल, निगरानी र समन्वयकारी भूमिकाको प्रशंसा गरिएको छ ।
नगरप्रमुख कौशल्या देवीले कार्यक्रमपश्चात् प्रतिक्रिया दिँदै भनिन्, “यो पुरस्कार सम्पूर्ण नगरवासी र कर्मचारीहरूको साझा उपलब्धि हो । हामी अझ पारदर्शी, उत्तरदायी र सेवामुखी नगरपालिका निर्माणमा प्रतिबद्ध छौं।” यस कार्यले पालिकाको सम्पूर्ण राष्ट्रसेवक कर्मचारी लगायत नगरबासीहरूको गौरव बढाएको उनले बताए।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले भने, “वित्तीय अनुशासन कायम गर्न र लेखापरीक्षणको सन्तोषजनक नतिजा ल्याउन कर्मचारीहरूको निरन्तर प्रयास, विभागीय समन्वय र समयमै तथ्यांक अद्यावधिक गर्ने संस्कार मुख्य कारण हुन।” साथै आगामी दिनमा पालिकाको प्रशासनिक कार्य चुस्त दुरुस्त बनाई आर्थिक कार्यमा निट एण्ड क्लीन गरेर थप यस्ता प्रशंसा पत्र तथा सम्मान पत्र प्राप्त गर्ने हाम्रो उद्देश्य रहेको  उनले बताए।
कार्यक्रममा सहभागी विभिन्न सरोकारवालाहरूले आर्थिक पारदर्शिता र स्थानीय तहको सुशासन प्रवर्धनमा ईशनाथ नगरपालिकाको उदाहरणीय कार्यशैलीको प्रशंसा गरेका थिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*