स्थानीय न्यूज, भदौ २३ गते।
संघिय राजधानी सहित देशव्यापी रुपमा सोमवार भईरहेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर अहिले सम्म १३ जनाको मृत्यु भईसकेको छ ।
जिन जी प्रदर्शन गर्न युवापुस्ताको आन्दोलन उग्र बन्दै बानेश्वर स्थित संसद सचिवालको पर्खाल भत्काएर भित्र प्रवेश गरेपछि प्रहरीको गोली लागेर अहिले सम्म १३ जनाको मृत्यु भइसकेका छन् ।
सोमवार दिउसो ३.४५ बजेको समय सम्म सिभिल अस्पतालमा २, ट्रमा सेन्टरमा ६, केएमसीमा १, त्रिवी शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना गरी १३ जनाको मृत्यु भईसकेका हुन् ।

प्रहरीको गोली लागेर दर्जनौं युवक विद्यार्थीहरु घाइते भईसकेको हुँदा राजधानीको विभिन्न अस्पतालहरुमा उपचार जारी रहेको छ । बानेश्वर क्षेत्रमा निकै तनाव बढेपछि सरकारले सेना परिचालन गरेका छन् ।
यसैगरी, बुटबल, नारायणगढ, हेटौडा, विरगंज, चन्द्रपुर, जनकपुर, मोरंग झापा, पोखरा, नेपालगञ्ज लगायत मुलुक भरी जिन जी ले प्रदर्शन जारी राखेका छन् । मुलुकमा बढ्दै गएको भ्रष्टाचार, वेरोजगारी, महगाई लगायतका बेथितीका विरुद्ध २७ बर्ष मुनीका युवाहरुको प्रदर्शनबाट सरकार आक्रान्त भई गोली चलाउदा उक्त घटना भएको बताइएको छ ।
सामाजिक संजालको प्रयोग गर्दै भ्रष्टाचार, आर्थिक असमान्ता, अलोकतान्त्रिक शासन र महगी विरुद्ध आवाज उठाउने २७ बर्ष मुनिका युवाहरुद्वारा गठित जिन जी ले सुरक्षा घेरा तोड्दै संसद सचिवालय भित्र प्रवेश गरेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फयु आदेश जारी गरेको थियो ।
माइतीबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेको थियो । त्यहाँबाट पनि पर्खाल नाघेर संसद् भवन भित्र प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । अवस्था तनावपूर्ण भएपछि अहिले कर्फयु आदेश जारी गरिएको थियो।

यसैबिच जिन जी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएपछि उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुंगामुढा गरेका थिए । सो क्रममा २ नम्बर गेटको पर्खाल भत्किएको छ ।
विभिन्न राजनीतिक दलहरुले जिन जी को जायज मागलाई पुरा गर्न समेत सरकार माथि दवाव बनाएको बुझिएका छन् ।
Sthaniya News
