Breaking News
गरुडामा जेनजीहरूको टायर बाल्दै प्रदर्शन, आन्दोलनको चेतावनी

गरुडामा जेनजीहरूको टायर बाल्दै प्रदर्शन, आन्दोलनको चेतावनी

गरुडा (रौतहट), भदौ २२ गते।
देशमा बढ्दै गएको भ्रष्टाचार, वेरोजगारी र बेथितीका विरुद्ध आन्दोलनमा उतरेका जेनजीका युवाहरुमाथि गरिएको निर्मम पुर्वक गोली प्रहार तथा हत्याको विरोधमा मध्य रौतहटको गरुडामा जेनजीहरू सडकमा उत्रिएका छन्। “केपी तेरो पाराले, दुःख पायो साराले”, “निरंकुश सरकार मुर्दाबाद”, “युवालाई मास्न पाइदैन”, “गृहमन्त्री मुर्दाबाद” जस्ता नारा लगाउँदै उनीहरूले सोमबार साँझ टायर बालेर आक्रोश प्रकट गरेका हुन्।
प्रदर्शनकै क्रममा संघीय राजधानी काठमाडौँमा मृत्यु भएकाहरूलाई मैनबत्ती बालेर श्रद्धाञ्जली समेत दिइयो। युवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई सरकारले दमन गर्न खोजेको आरोप लगाउँदै गरुडामा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

मुलुकमा बढ्दै गएको भ्रष्टाचार, वेरोजगारी, महगाई लगायतका बेथितीका विरुद्ध २७ बर्ष मुनीका युवाहरुको प्रदर्शनबाट संघीय राजधानी काठमाण्डौमा सरकार आक्रान्त भई गोली चलाउदा उक्त घटना भएको बताइएको छ ।
सामाजिक संजालको प्रयोग गर्दै भ्रष्टाचार, आर्थिक असमान्ता, अलोकतान्त्रिक शासन र महगी विरुद्ध आवाज उठाउने २७ बर्ष मुनिका युवाहरुद्वारा गठित जेन जी ले शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका थिए।

गरुडामा भएको प्रदर्शनलाई जसपा नेपालका युवा नेता राजकुमार दास र संजीव कुमार यादवले समर्थन जनाउदै मंगलवारदेखि निरन्तर आन्दोलन गर्ने घोषणा गरिएको छ। उनीहरूले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई जनविरोधी कदम ठहर गर्दै सरकारले चाँडै फिर्ता नलिए सडक तताउने चेतावनी दिएका छन्।
घटनामा घाइते भएका व्यक्तिहरू विभिन्न अस्पतालमा उपचाररत रहेको जनाइएको छ। परिस्थिती थप संवेदनशील बन्न सक्ने भन्दै सुरक्षाकर्मीको तैनाथी गराइएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*