Breaking News
वरिष्ठ पत्रकार चन्द्रकिशाेर झालाई पितृशोक

वरिष्ठ पत्रकार चन्द्रकिशाेर झालाई पितृशोक

प्रेमचन्द्र झा,बिरगंज ।

वरिष्ठ पत्रकार चन्द्रकिशोर झाका पिता तथा नेपाल सरकारका पूर्व राष्ट्रसेवक राजेन्द्र झाको ९२ वर्षको उमेरमा निधन भएको छ। सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ४ निवासी झाको शनिबार विहान ११:३६ बजे विरगंज स्थित बलराधाममा असामयिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

मुत्रराेगका कारण अस्वस्थ स्व. झा लामो समयसम्म नेपाल सरकार स्वास्थ्य सेवा विभागमा अधिकृत स्तरमा राष्ट्रसेवकको रूपमा योगदान दिएका थिए। उनको निधनले झा परिवार सहित समग्र समाजमा शोकको वातावरण छाएको छ।

स्व. झाको आत्माको चिर शान्तिको कामना गर्दै भगवान पशुपतिनाथसँग प्रार्थना गरिँदैछ। यस दुःखद घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ।
वहाँकाे एक श्रीमति,तीन छाेरा र दुई जना छाेरी रहनु भएको छ। १२ जना नाति नातिना रहेका छन।
पांच जना सन्तान मध्ये वरिष्ठ पत्रकार झा सब भन्दा जेठो हुनु हुन्छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*