Breaking News
सबल र समृद्ध राष्ट्र निर्माणका लागि सामूहिक प्रयास जरुरी:मुख्यमन्त्री सोनल

सबल र समृद्ध राष्ट्र निर्माणका लागि सामूहिक प्रयास जरुरी:मुख्यमन्त्री सोनल

बारा,कार्तिक ०५ गते ।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनल सिमरा नेवा: खलद्वारा नेपाल सम्वत ११४६ को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम तथा राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको छ ।
कार्यक्रममा मुख्यमन्त्री सोनलले नेपाली समाज विविध जातजाति, धर्म र संस्कृतिले सजिएको सुन्दर फूलबारी भएको उल्लेख गर्दै, यस्तो समाजको समुन्नति र समृद्धिका लागि सबैको सामूहिक र इमानदार प्रयास आवश्यक रहेको कुरामा जोड दिनुभयो । उहाँले सामाजिक समरसता, सहकार्य र साझा उद्देश्यप्रति प्रतिबद्धता जनाउँदै सशक्त र समृद्ध राष्ट्र निर्माणको संकल्प व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, नागरिक समाजका अगुवा तथा विभिन्न समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले मुख्यमन्त्री सोनललाई बधाई ज्ञापन गर्दै आगामी कार्यकालमा प्रदेशको विकास, सुशासन र जनउत्तरदायी प्रशासनको अपेक्षा व्यक्त गरेका थिए ।
समाप्तिमा, जितपुरसिमरा नगरवासीहरूले मुख्यमन्त्रीप्रति सादर बधाई एवं आभार व्यक्त गरेका छन् । यस्तो किसिमका कार्यक्रमले स्थानीय तहदेखि प्रदेशस्तरको सहकार्य र सद्भावलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*