आरएन पटेल । रौतहट । माघ १० गते
मधेस र मधेसीलाई पन्छाएर देश अगाडि बढन नसक्ने पूर्व सभामुख तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले बताउनु भएको छ । स्वर्गीय गजेन्द्रनारायण सिंहको १९ औं स्मृति दिवसको अवसरमा रौतहटको माधवनारायणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै ढुंगानाले नेपालमा मधेसनै विनाको देश परिकल्पना गर्न नसकिने बताउनु भयो । साथै वहाँले मधेशका मानिसहरूले खालि मधेशी हुँ भन्नुको सट्टा स्व। योद्वा गजेन्द्रनारायण सिंह जस्तै म नेपाली मधेशी हुँ भन्न आग्रह समेत गरेका थिए । साथै वहाँले स्व।गजेन्द्रनारायण सिंहलाई मन पर्ने भाषा हिन्दी रहेकोले बहुदलको बेलापनि स्व।गजेन्द्रनारायण सिंह संसदमा हिन्दी भाषानै बोल्ने गर्थें भन्दै आफु त्यतीखेर सभामुख भएको बेला स्व। सिंह बेलायत सम्म पुगेको स्मरण गराउनु भयो । साथै वहाँले मधेश आन्दोलनका प्रणेता एवम् अथक योद्धा स्व।सिंहलाई स्मरण गर्दै उनले गरेको अमर कार्य र दिईएको बलिदानीलाई प्रशंसाका साथ सम्मान पनि गर्नु पर्ने बताए ।
साथै वहाँले एक अर्को प्रसंगमा बोल्दै वहाँले नेपाल र भारत बिच नङ्ग र मासु जस्तै सम्बन्ध रहेकोले सिमानाका खोल्नु पर्ने बताउनु भएको थियोे ।
Sthaniya News
