आरएन पटेल । रौतहट । माघ १० गते
राजदेवी नगरपालिकाका वडाहरूमा जनमत पार्टीको वडा अधिवेशन सम्पन्न भएको छ । हिजो माघ १० गते शनिबार का दिन जनमत पार्टी अधिवेशन तयारी समिति रौतहट प्रतिनिधिहरूको रोहबरमा वडा अधिवेशन सम्पन्न भएको छ । पंकज श्रीवास्तव र श्रीराम राय यादव को अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।
राजदेवी नगरपालिका वडा नं ४ र ५ मा विभिन्न निर्णयहरू गर्दै जनमत पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न भएको जनमत पार्टीका जिल्ला सचिव विकास यादवले जानकारी गराउनु भएको हो ।
उक्त सभामा जनमत पार्टी निकट वरिष्ठ नेतृत्व मण्डल का केन्द्रीय संयोजक अशोक कुमार सिंह, जिल्ला सचिव तथा क्रान्तिकारी युवा नेता बिकास कुमार यादव , युवा नगर अध्यक्ष विवेक कुमार झा, क्षेत्रीय सदस्य शिवसरन यादव, नगर उपाध्यक्ष महेश साह, लगायत वडा नं २ र ७ को वडा कमिटी का पदाधिकारी समेत उपस्थिति रहेको थियो ।
Sthaniya News
