आरएन पटेल । रौतहट । माघ १० गते
गजेन्द्र नारायण सिंह अध्यन केन्द्र रौतहटको आयोजनामा गौर नगरपालिकाकाको सभाकक्षमा एक कार्यक्रमका बिच स्वर्गीय गजेन्द्र नरायण सिंहको १९ औ पुण्य तिथि मनाइएको छ । अधिकार र पहिचानको संघर्श र गजेन्द्र नारायण सिंह नामक बिचार गोष्ठीका बिच स्वर्गीय गजेन्द्र नरायण सिंहलाई सम्झिएको हो । अध्यन केन्द्रका अध्यक्ष एवम जसपा युवा नेता संजय यादवको अध्यक्षतामा भएको कार्यक्रममा गौर नगरपालिकाका नगर अध्यक्ष अजय गुप्ता,उप प्रमुख किरण ठाकुर,नेता शेख जम्शेद, जसपा केन्द्रिय नेता बिबेक यादव, युवा नेता ओम प्रकाश मधेशिया लगायातका व्यक्तिहरुको उपस्थिती रहेको थियो।
Sthaniya News
