आरएन पटेल । रौतहट । माघ १५ गते
रौतहटको फतुवा विजयपुर नगरपालिकामा नयाँ नेपाल राहत शिक्षक संघर्ष समिति गठन गरिएको छ ।
राहत शिक्षकहरुले आफना हक अधिकारका लागि यो भन्दा अघि गठित संघर्ष समितिलाई विघटन गरी नयाँ राहत शिक्षक संघर्ष समिति गठन गरेका छन ।
माँ सरस्वती प्राथमिक विद्यालयको प्रांगन विजयपुर लक्ष्मिनीयामा आज नगरभरीको राहत शिक्षकहरुको भएको भेलाले राहत शिक्षक संघर्ष समिति गठन गरिएको हो ।
प्रधानाध्यापक सुबोध प्रसाद यादवको अध्यक्षतामा सात सदसीय राहत शिक्षक संघर्ष समिति गठन गरिएको छ ।
गठित समितिको अध्यक्षमा माँ सरस्वती प्रा.वि. विजयपुरका प्रधानाध्यापक सुबोध यादवलाई चएन गरिएको छ भने उपाध्यक्षमा मेवा स्कुलकी शिक्षिका रिता पाण्डे, सचिवमा रांगी स्कुलका शिक्षक पुरुषोत्म हरि घिमिरे, कोषाध्यक्षमा दुधिअवाकी शिक्षिक रेणुका हुमागाईलाई चएन गरिएको छ त्यस्तै समितिको सदस्यहरुमा प्राथमिक विद्यालय बरगिनियाका शिक्षक विनोद प्रसाद यादव र मावि शितलपुरका सत्यदेव ठाकुर लोहारलाई चएन गरिएको छ ।
फतुवा विजयपुर नगरपालिका भित्रका सामुदायीक विद्यालयहरुमा कार्यरत अस्थायी अर्थात राहत शिक्षक शिक्षिकाहरुको हक अधिकार प्राप्तिका लागि संघर्ष समिति गठन गरिएको समितिका अध्यक्ष सुबोध यादवले बताएका छन ।
अधिकारबाट बञ्चित राहत शिक्षकहरुको अधिकार दिलाउनको निमिति यो समितिको निर्माण गरिएको अध्यक्ष यादवले बताए ।
Sthaniya News
